मुकुल ढकालमाथि रास्वपाको डण्डा , महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त
रास्वपाले मुकुल ढकाललाई कारबाही गरेको छ।मंगलबार चस्मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो।
ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको उनले जानकारी दिए। पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्याएको भन्दै रास्वपाले ढकाललाई कार...


