यी हुन् कांग्रेसबाट हुन लागेका मन्त्री (सम्भावित सूचीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन तोडेर कांग्रेस–एमाले गठबन्धन बनेसँगै पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेको छ । सरकार ढलेसँगै राष्ट्पति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसारको सरकारका लागि तीन दिन म्याद तोकेर आह्वान गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र दाबी प्रस्तुत गरेका छन् ।
कांग्रेस र एमालेको मात्र हस्ताक्षरमा बन्न लागेका प्रधानमन्त्रीले यो सरकारलाई दुईतिहाइको बनाउने प्रयत्न जारी राखेका छन् । त्यही प्रयत्न सफल पार्न कांग्रेसले ...


