कांग्रेस र एमालेलाई फकाएर सत्तामा जाने पक्षमा छैनौँ – प्रचण्ड
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई फकाएर सत्तामा जाने पक्षमा नभएको दाबी गरेका छन् । मंगलबार कैलालीको टीकापुरमा थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी निर्वाचनअघि सत्तामा नजाने दाबी गरेका हुन् ।
‘कांग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादीलाई कहिले एमाले त कहिले कांग्रेसको रोग सर्यो । दुवै पार्टीसँगको सहकार्यमा हामीलाई लागेको रोगको उपचार गर्न...


