×

राजनीति

देउवाले भने-‘प्रधानमन्त्री ओलीलाई काँग्रेसको पूरा साथ छ’

देउवाले भने-‘प्रधानमन्त्री ओलीलाई काँग्रेसको पूरा साथ छ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसको पूरा साथ रहेको बताएका छन्।मंगलबार बालुवाटारमा आयोजित सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानोबुवा’ पुस्तक विमोचनमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई पार्टीको साथ रहेको बताएका हुन्।नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीसँग विगतमा आफू जेलमा पनि सँगै बसेको देउवाको भनाइ थियो। ‘हामीलाई जेलभित्रको जेलमा राखेको थियो, हाम्रो सम्बन्ध पनि राम्रो छ,’ सभापति देउवाले भने, ‘प्रधानमन्त्...

स्थगित भएको माओवादीको जागरण सभा आजदेखि

स्थगित भएको माओवादीको जागरण सभा आजदेखि
काठमाडौं- नेकपा(माओवादी केन्द्र) को जागरण अभियान आजदेखि पुनः सुरू हुँदैछ।फागुन १२ देखि सुरू भएको हुलाकी राजमार्ग केन्द्रित तराई(मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो। बिहीबारदेखि पुनः सुरू हुन लागेको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन्। त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी बुधबार नै बारा पुगिसकेका छन्।जागरण अभियान अन्तर्गतको आजको कार्यक्रम बारामा हुनेछ।त्यसपछि शुक्रबार, पर्सा र शनिबार चितवनमा हुनेछ।चि...

गणतन्त्र ल्याउन भिलेनको रुपमा ज्ञानेन्द्रको पनि भूमिका थियो – प्रचण्ड

गणतन्त्र ल्याउन भिलेनको रुपमा ज्ञानेन्द्रको पनि भूमिका थियो – प्रचण्ड
  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले त्यतिबेला ज्ञानेन्द्रले मुर्खतामार्फत आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका हुन् ।ज्ञानेन्द्रले मुर्खता नगरेको भए अझै केहीवर्ष राजतन्त्र टिक्न सक्ने उनको भनाइ थियो । ‘मैले ...

दीपक थापालाई आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

दीपक थापालाई आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजी)मा एआईजी दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी बनाउने निर्णय गरेको हो । सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले आईजीको दौडमा बाजी मारेका हुन् । यो निर्णयसँगै थापाले करिब ८० हजार फौजको कमान्ड गर्नेछन् । देशको समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानको मुख्य जिम्मेवारी उनको काँधमा आइपुगेको छ । प्रहरीको ३१औं आईजी बनेका थापाको प्रहरी भर्ती निकै रोचक छ । ८ मंसिर २०२८ सालम...

केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको निर्णय

केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको निर्णय
  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको छ ।आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि बैठकको मिति र समय भने तय भएको छैन ।त्यस्तै, आजको बैठकमा यसअघि भएका निर्णयहरूको बारेमा जानकारी लिने र दिने काम भएको बताइएको छ । आइतबारको बैठकले वर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा। स्वर्णिम वाग्लेबाट जानकारी गराएको पनि रास्वपाले बताएको छ ।पार्टीको राष्ट्रिय महाधिवेशनक...

विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् ।प्रधानमन्त्री ओलीले बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत रहेका बेला जोशी विपिन हमासको नियन्त्रणमा परेको जानकारी गराउँदै सकुशल र शीघ्र रिहाइमा भूूमिका निर्वाहका लागि र...

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो – प्रधानमन्त्री ओली

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो – प्रधानमन्त्री ओली
विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन्।कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए। यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठा...

डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा बदर

डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बन...

सरोज गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र

सरोज गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र
काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको छ । बुधबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । पत्र आउने बित्तिकै बुधबार नै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार गरेको संघीय मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले बता...