×

राजनीति

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी विजयी

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी विजयी
काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ) का दिपकराज जोशी विजयी बनेका छन्।तत्कालीन स्ववियु सभापति श्यामराज ओझाका अनुसार जोशी ७८९ मत ल्याएर विजयी बनेका हुन्। नेकपा एमाले निकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए।त्यस्तै नेकपा माओवादी निकट क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका छन्।स्वतन्त्र उम्मेदवार उज्जल खड्काले ७१७ मत ल्याएका हुन्।कुल ३११८ मत खसेको थियो।

तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् – प्रधानमन्त्री ओली

तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् –  प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्रले पनि उन्मुक्ति नपाउने बताएका छन्।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको र तीनकुने घटनाबारे प्रतिनिधि सभामा जबाफ दिँदै प्रधानमन्त्री ओलीले हिंसात्मक प्रदर्शनको जिम्मा पूर्वराजाले लिनुपर्ने र उनले पनि उन्मुक्ति नपाउने बताएका छन्।उनले पूर्वराजा ज्ञानेन्द्र शाहकै उक्साहटमा अराजकता मच्चिएको बताएका हुन्। ‘तत्कालीन राजा ज्ञानेन्द्र शाह...

प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन

प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् ।शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ । यसबारे उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’त्यसयता फरार रहेका प्रसाईंले ...

चैत २६ र वैशाख ७ गतेको आन्दोलनमा उच्च मनोबल बनाउन राप्रपाको अपिल

चैत २६ र वैशाख ७ गतेको आन्दोलनमा उच्च मनोबल बनाउन राप्रपाको अपिल
  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणा गरेको आगामी चैत २६ गते र वैशाख ७ गतेको प्रदर्शन तथा आन्दोलनमा उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्तिलाई अपिल गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र जनसमुदायलाई अपिल गरेको हो । ‘पूर्वघोषित चैत २६ गते काठमाण्डौंमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा बैशाख ७ गते हुने राजधानी केन्द्रीत आन्दोलनको उच्च मनोबलसहित तयारीमा ज...

रविन्द्र मिश्र र धवल शमशेरलाई रिहाइ गर्न राप्रपाको २४ घन्टे अल्टिमेटम

रविन्द्र मिश्र र धवल शमशेरलाई रिहाइ गर्न राप्रपाको २४ घन्टे अल्टिमेटम
  काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गर्न माग गरेको छ। पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानबिनका लागि स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो। बैठकले उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न अल्टिमेटम दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। आफ्ना नेताहरूलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरू...

तीनकुने घटनामा दमन भयो, सरकारले नै जिम्मा लिनुपर्छ – राप्रपा

तीनकुने घटनामा दमन भयो, सरकारले नै जिम्मा लिनुपर्छ – राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ले शुक्रबार तीनकुनेमा शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरे । ‘हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,’ लिङ्देनले भनेका छन्, ‘सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो ।’

देउवाको प्रश्न- अहिल्यै यस्तो छ, ज्ञानेन्द्र राजा भए के गर्लान् ?

देउवाको प्रश्न- अहिल्यै यस्तो छ, ज्ञानेन्द्र राजा भए के गर्लान् ?
  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् ।शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाक्रमबारेको परिस्थितिबारे चर्चा गर्दै उनले पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने दोहोर्‍याए । ‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाल...

एमाले कार्यालय नजिकै राजावादीले ट्याक्सी जलाए

एमाले कार्यालय नजिकै राजावादीले ट्याक्सी जलाए
काठमाडौं । नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् ।तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका थिए ।अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरेको छ ।

कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं – प्रचण्ड

कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं – प्रचण्ड
  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरोध गरेका छन् । ‘लामो अहिले केही भन्नु छैन । प्रधानमन्त्रीले आएर रोष्ट्रममा ज...