प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक: अविश्वास प्रस्तावबारे नयाँ ढंगबाट सोच्न सकिने
काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षले प्रतिनिधिसभा पुनस्स्थापना भएको सन्दर्भमा प्रधानमन्त्रीविरूद्धको अविश्वास प्रस्तावबारे आवश्यक परे नयाँ ढंगबाट सोच्ने बताएको छ ।
स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिंदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘भ्रमपूर्ण ढंगबाट प्रतिगामी गुटमा लाग्नुभएकाहरूलाई आ-आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेका छौं ।’
बैठकले प्रतिनिधि सभा पुनस्स्थापना गर्ने सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको ठहर सहित आन्दोलनमा सहयोग गर्ने सबैलाई...


