×

राजनीति

श्रद्धाञ्जली सभामै देउवा-पौडेलबीच जुहारी !

श्रद्धाञ्जली सभामै देउवा-पौडेलबीच जुहारी !
चितवन । नेपाल कम्युनिष्ट पार्टी दुई कित्तामा बाँडिएसँगै नेपाली कांग्रेसले कुन कित्तालाई सहयोग गर्ला भन्ने जिज्ञासा सर्वत्र छ।कांग्रेस पार्टीले भने यस विषयमा आधिकारिक धारणा बनाइसकेको छैन। पार्टीका शीर्ष नेताहरूले आफू अनुकूलका धारणा दिँदै आएका छन्। पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी भएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका बीच भने राम्रै जुहारी चल्यो।दुवै जनाले ‘हुन त राजनीति भाषण गर्ने कार्यक्रम होइन’ भन्दै एक अर्काको आलोचना गर्...

 सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामाबाट रोकेको छ : सरकारका प्रवक्ता गुरुङ

 सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामाबाट रोकेको छ : सरकारका प्रवक्ता गुरुङ
काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको जिकिर गरेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताएका हुन् । ‘फैसलाले बहुमतप्राप्त दलको नेताले संवैधानिक हैसियतले, नैतिकताको हैसि...

मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली

मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कुनै शारीरिक हमला हुन सक्ने बताएका छन्।पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलामा सोमबार प्रधानमन्त्री ओलीले आफूमाथि प्रहार केन्द्रीत रहेको सुनाएका छन्।यसो हुनुमा सरकारले प्रभावकारी र गतिशील ढंगले विकास निर्माणका काम गरिरहेको उनले उल्लेख गरेका छन्। ‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने।तर यस्तो हुन नदिने उनले बताए। स...

प्रधानमन्त्रीको चुनौती : केपी ओलीलाई हटाएर देखाउनुस्

प्रधानमन्त्रीको चुनौती : केपी ओलीलाई हटाएर देखाउनुस्
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताए । संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौं आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै उ...

प्रधानमन्त्री ओली आज झापा जाँदै

प्रधानमन्त्री ओली आज झापा जाँदै
काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जान लागेका छन्।जहाजबाट झापा जान लागेका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने पनि कार्यक्रम छ।प्रधानमन्त्री ओली १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कनेछन्।

भ्रष्टाचार नियन्त्रणमा उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई

भ्रष्टाचार नियन्त्रणमा उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताएका छन् ।घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय
कांग्रेस पदाधिकारी बैठको फाइल तस्वीर । काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी  विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।‘नेकपाको विवाद अन्तिम टुंगो ...

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

कांग्रेस  पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।बिहीबार अपरान्ह ३ बजेका लागि पदाधिकारी बैठक बस्न लागेको छ। पार्टी सभापति देउवाको निवासमा पदाधिकारी बैठक बस्ने भएको हो। देउवाका सहयोगी भानु देउवाका अनुसार आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दैछ।सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक राखेका छन्। बुधबार नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल ...