एमाले-माओवादी व्युँतिएको पत्र संसदमा, आजबाट प्रचण्ड-माधवको बसाई अलग
काठमाडौं । प्रतिनिधिसभामा आजदेखि नेकपा एमाले र नेकपा (माओवादी) केन्द्र अलग संसदीय दलको रुपमा अस्थित्वमा आएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा माओवादी केन्द्र सत्तापक्षमा बस्छ कि प्रतिपक्षमा भन्ने चाहिँ टुंगो लागेको छैन ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले त्यसबारे छलफल भइरहेको बताए । एमाले र माओवादी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । आफूहरु सत्ता पक्ष वा प्रतिपक्ष कहाँ बस्ने भन्ने कुराा संसद सचिवालयले व्यवस्था गरे अनुसार ...


