छुवाछुत अन्त्यको लागी सबैको सहकार्य आवश्यक : पूर्वमन्त्री विश्वकर्मा
चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले उत्पीडनलाई निर्मुल पार्ने आधार संविधानमा भएको बताउनुभएको छ । ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसर पारेर आइतबार चितवनको भरतपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै विश्वकर्माले जातीय भेदभावका विरुद्ध संविधानमा व्यवस्था भएका कुराहरु पर्याप्त नभए पनि उल्लेखनीय उपलब्धी भएको बताउनुभयो ।
दलितहरुको हक, हित र अधिकारका लागि मूल संविधानमा नै व्यवस्था भएको भन्दै विश्वकर्...


