×

राजनीति

पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने एमालेको निर्णय

पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ।मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले  जानकारी दिए । असन्तुष्ट खनाल-नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो। यद्यपि, भोलिका लागि बोलाइएको महाधिवेसन आयोजक कमिटी ब...

प्रचण्डका पुच्छर माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ? : ओली

प्रचण्डका पुच्छर माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ? : ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘तपाईंहरूले दुईरतीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु ।...

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै
  काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता विवाद सुल्झाउनका लागि सहजीकरण गरिदिन नेतृत्वलाई आग्रह गरेको छ । २० असारभित्र क्रियाशील सदस्यता विवाद टुंग्याइसक्नुपर्ने दबाबमा रहेको समितिले सदस्यता छानबिनबारे मापदण्ड निर्धारणमा सहयोग गर्न पार्टी पदाधिकारीलाई आग्रह गरेको हो । समितिले मापदण्ड बनाउन नसक्दा क्रियाशील सदस्यतालाई लिएर परेका उजुरीहरुबारे निर्णय गर्न सकेको छैन । आइतबार पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरुसहित पदाधिकारी बैठकमा छानबि...

नगर सभापति पदका लागि गैँडाकोट कांग्रेसमा चारजनाको चर्चा

नगर सभापति पदका लागि गैँडाकोट कांग्रेसमा चारजनाको चर्चा
गैँडाकोट । नेपाली कांग्रेसको चौधौं महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । गैँडाकोट नगरका विभिन्न नेताहरुले सभापति पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।नगर सभापतिमा हालसम्म चार जनाले उम्मेदवार हुने जनाएका छन् । अन्तिम समयसम्म यो संख्या घटबढ हुनसक्ने बताइएको छ । नेपाली कांग्रेस गैँडाकोटको सभापतिका लागि हालसम्म पार्टिका क्षेत्रीय प्रतिनिधि बद्री सापकोटा, खेमराज सापकोटा, खगराज सापकोटा र युवा नेता दाताराम घिमिरेले  उमेदवारी रहने बताएका छन...

पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु

पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसुन्धरास्थित दियालो फुडल्याण्डमा सुरु भएको छ । आगामी भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि आवश्यक रणनीति बनाउने उद्देश्यका साथ पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसेको बताइएको छ । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत सहभागी छन् । आगामी भदौ १६ गतेदेखि हुने महाधिवेशनलाई लक्षित गर्दै...

प्रहरीमा कुनै हस्तक्षेप नगर्ने गृहमन्त्री विष्णुप्रसाद पौडेलकाे भनाई

प्रहरीमा कुनै हस्तक्षेप नगर्ने गृहमन्त्री विष्णुप्रसाद पौडेलकाे भनाई
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । ‘हरेक व्यक्ति परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘यहाँहरु आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्न स्वतन्त्र हुनुहुन्छ । सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्द...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो । गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने ...

मन्त्रीहरू पदमुक्त भएपछि जसपाको ठाकुर पक्षका नेताहरुकाे बैठक बस्दै

मन्त्रीहरू पदमुक्त भएपछि जसपाको ठाकुर पक्षका नेताहरुकाे बैठक बस्दै
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताहरू आज छलफल गर्न लागेका छन्।दिउँसो १ बजे बबरमहलमा उनीहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेका छन्।जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो। महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए।जसपाका ११ जना नेता मन्त्री भएका थिए। तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका थिए। मंगलबा...