×

राजनीति

अनेरास्ववियु मध्यविन्दु नगरपालिका वडा नं. ५ को अध्यक्षमा पवन तिमिल्सीना चयन

अनेरास्ववियु मध्यविन्दु नगरपालिका वडा नं. ५ को अध्यक्षमा पवन तिमिल्सीना चयन
नवलपुर । अनेरास्ववियू मध्यविन्दु नगरपालिका वडा नं. ५ को अध्यक्षमा पवन तिमिल्सीना चयन हुनुभएको छ । अनेरास्ववियूू मध्यविन्दु नगर कमिटीका अध्यक्ष आदेश ज्ञवालीको अध्यक्षता तथा नेकपा एमाले गण्डकी प्रदेशका सासंद लक्ष्मी सुनारको प्रमुख आतिथ्यतामा भएको भेलाले तिमिल्सीनाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा नविन गौतम, सचिवमा दीपा गौडेल, कोषाध्यक्षमा रमेश नेपाली र सहसचिमा सुनिल विक रहनुभएको अनेरास्ववियू मध्यविन्दु नगर कमिटीका अध्यक्ष आदेश ज्ञवालीले ज...

तोकिए निर्वाचन अधिकृत, को कहाँ ?

तोकिए निर्वाचन अधिकृत, को कहाँ ?
काठमाडौं । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो । आयोगले आगामी चैत मसान्तदेखि बैशाख ...

चुनावको कार्ययोजना बनाउन एमाले स्थायी कमिटीको बैठक बस्दै

चुनावको कार्ययोजना बनाउन एमाले स्थायी कमिटीको बैठक बस्दै
काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने छ । बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् । चार जना पदेन सदस्यसमेत छन् ।

निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशन गर्ने

निर्वाचन आयोगले   मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशन गर्ने
काठमाडौं ।  वैशाखमा हुने स्थानीय चुनावलाई निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।आज आयोगले अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दाबी विरोधका लागि एक साताको समय दिएको थियो।आयोगका अनुसार दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेका छन्। अब एक करोड ७७ लाखभन्दा बढी मतदाता कायम भएका छन्। आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन। आयोगले वडा, ७५३ पालिका र ७७ वटै निर्वाचन कार्यालयको...

भरतपुर-११ को लामा टोल नै एमाले प्रवेश

भरतपुर-११ को लामा टोल नै एमाले प्रवेश
चितवन ।  चितवनको सबैभन्दा बढि मतदाता भएको भरतपुर महानगरपालिका वडा नंं.११ को लामा टोलका अधिकांश एमाले प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका ११ मा गत चैत्र ७ गतेवाट शुरु गरेको घरदैलो अभियानको आज गरिएको समापन कार्यक्रममा सो टोलबाट करीव १ सय जना एमालेले प्रवेश गरेका हुन् । सो टोल कि ९७ वर्षकी वृद्वा लालमति लामाको नेतृत्वमा काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए। प्रवेशपछि लालमति लामाले प्रतिक्रिया दिदै आफू यतिका वर्ष निरन्तर काँग्रेसलाई भोट दिदै आएपनि देशका लागि परिवर्त...

चिनियाँ विदेशमन्त्री वाङ नेपालमा

चिनियाँ विदेशमन्त्री वाङ नेपालमा
काठमाडौं ।   चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री डा। नारायण खड्काको निमन्त्रणमा सहायक विदेशमन्त्री उ जियाङ झाओ र वाणिज्य सहायक मन्त्री सेङ झोउपिङसहित २० सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ शुक्रबार अपराह्न विशेष विमानबाट काठमाडौं आएका हुन्। पाकिस्तानबाट आफ्नो भ्रमण सुरु गरेका वाङ अफगानिस्तान हुँदै बिहीबार भारत पुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई परराष्ट्रमन्त्री खड्काले स्वागत गरेका छन्। नेपालमा विद...

पौडेलले बोलाएको भेलाको निष्कर्ष : गठबन्धन गरेर चुनावमा जानुपर्छ

पौडेलले बोलाएको भेलाको निष्कर्ष  : गठबन्धन गरेर  चुनावमा जानुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाकेका थिए ।सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए/नभएको छलफल गर्न नेता पौडेलले बैठक डाकेको बाजुरा जिल्ला सभापति रामसिंह रावलले जानकारी दिए । ‘स्थानीय तहको निर्वाचनमा तालमेल गनुपर्छ भन्ने भएको छ । तालमेल गर्ने अधिकार तल्लो कार्यसमितिलाई नै द...

कांग्रेस केन्द्रीय समिति बैठक आज

कांग्रेस केन्द्रीय समिति बैठक आज
काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुँदैछ। साथै स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा छ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म चल्ने गरी पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ। यस्तै कांग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि स...

चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै

चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं ।  चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन् । वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ । नेपाल भ्रमणको बेला उन...