×

मध्य नेपाल

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारीको ज्यान गयो

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारीको ज्यान गयो
काठमाण्डौ ।  पहिरोमा परेर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु बुहारीको ज्यान गएको छ ।गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार लिम्बुले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो । यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल हुनु भएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।...

चितवनमा न्युरो टिप्न जंगल गएकी महिलालाइ बाघले लग्यो

चितवनमा न्युरो टिप्न जंगल गएकी महिलालाइ बाघले लग्यो
चितवन । न्यूरो टिप्न गएकी महिलालाई चितवनमा बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २७ स्थित राधाकृष्ण सामुदायिक वनमा न्यूरो टिप्न गएकी महिलालाई बाघले आक्रमण गरि जंगलतर्फ लगेको चितवन प्रहरीले जनाएको छ । स्थानीय २७ वर्षीया रेखा बस्नेत सहित सहित १० जना महिलाहरु न्युरो टिप्न भनि जंगल पसेका थिए । सो क्रममा बाघले रेखालाई आक्रमण गरि लगेको हो । उनको अवस्था पत्ता लगाउन इलाका प्रहरी कार्यालय दिव्यनगर र इलाका प्रहरी कार्यालय फुलवारीको टोलि तथा नेपाली सेनाको टोलि परिचालन गर...

आज चुरे दिवसः एकैदिन एक लाख बोटबिरुवा रोपिँदै

आज चुरे दिवसः एकैदिन एक लाख बोटबिरुवा रोपिँदै
काठमाडौं । आज आठौं चुरे दिवस । नेपालमा चुरे संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति छ । जस अन्तर्गत चुरे संरक्षणका कार्यक्रम हुन्छन् । दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ । असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षरोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।उनका आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँकस, अम्रिसोजस्ता प्रजाती र एक करोड र...

चितवनमा कारकाे ठक्करबाट महिलाकाे मृत्यु , कार चालक फरार

चितवनमा कारकाे ठक्करबाट महिलाकाे मृत्यु , कार चालक फरार
चितवन–चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार अपरान्ह ५ः४० बजेको समयमा मगरटोलबाट गैरीबारी रिसोर्टतर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारले ठक्कर दिँदा स्थानीय पैदलयात्री ४२ वर्षकी सेतीमाया घलान(अधिकारी) को मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । कारको ठक्करबाट स्थानीय ५५ वर्षीया राधीका बोटे समेत गम्भिर घाईते भएकी छन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएको छ ।कार चालक फरार रहेका छन् ...

गैँडाकोट खानेपानीको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी

गैँडाकोट खानेपानीको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी
गैँडाकोट । गैँडाकोट पम्पीङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी हुनुभएको छ । आफ्ना प्रतिष्पर्धी ज्ञानेन्द्रप्रसाद सापकोटालाई पराजित गर्दै न्यौपाने विजयी हुनुभएको हो । न्यौपानेले सापकोटाको भन्दा ५०४ मत बढी ल्याएर पराकिलो अन्तरले अध्यक्षमा बाजी मार्नुभयो ।

प्रशारण लाइनमा मान्छे चढेपछि माथिल्लो त्रिशुलीको उत्पादन बन्द

प्रशारण लाइनमा मान्छे चढेपछि माथिल्लो त्रिशुलीको उत्पादन बन्द
काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् ।उनी ५र६ घण्टादेखि तारमा समातेर बसिरहेका का...

७४ वर्षीय ठुलो बाबुबाट २१ वर्षीय भतिजी बलात्कृत

७४ वर्षीय ठुलो बाबुबाट २१ वर्षीय भतिजी बलात्कृत
काठमाडौँ । बर्दियामा एक युवती आफ्नै ठुलो बाबुबाट बलात्कारको सिकार भएकी छिन् ।जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरी अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।पीडित युवतीलाई माइती नेपाल गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भई...

चितवनको राप्तीमा गाँउ पसेको बाघलाई डाट गरेर नियन्त्रणमा

चितवनको राप्तीमा गाँउ पसेको बाघलाई डाट गरेर नियन्त्रणमा
चितवन । चितवनको राप्तीमा गाँउमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । राप्ती नगरपालिका वडा नम्बर १ महादेवटारबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।आज बिहान बाघले राप्ती १ डिपार्टमा बाघले एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो भने ३ वटा पशुचौपाया मारेको थियो । त्यसपश्चात् निकुञ्ञको टोलीले बाघको खोजी गेरेर राप्ती १ माधवटारमा फेला पारेको थियो । पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक टोलीले डाट गरेर नियन्त्रणमा लिएको हो । आज नियन्त्रणमा लिएको बाघ यसअघ...

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन
चितवन । ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल (बीउ) राख्दैछन्। निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ। निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ।यो मात्र नभई वर्षभर पर...