चितवन–चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आइतबार अपरान्ह ५ः४० बजेको समयमा मगरटोलबाट गैरीबारी रिसोर्टतर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारले ठक्कर दिँदा स्थानीय पैदलयात्री ४२ वर्षकी सेतीमाया घलान(अधिकारी) को मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट स्थानीय ५५ वर्षीया राधीका बोटे समेत गम्भिर घाईते भएकी छन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएको छ ।कार चालक फरार रहेका छन् भने कार इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया