चितवन । न्यूरो टिप्न गएकी महिलालाई चितवनमा बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २७ स्थित राधाकृष्ण सामुदायिक वनमा न्यूरो टिप्न गएकी महिलालाई बाघले आक्रमण गरि जंगलतर्फ लगेको चितवन प्रहरीले जनाएको छ ।

स्थानीय २७ वर्षीया रेखा बस्नेत सहित सहित १० जना महिलाहरु न्युरो टिप्न भनि जंगल पसेका थिए । सो क्रममा बाघले रेखालाई आक्रमण गरि लगेको हो । उनको अवस्था पत्ता लगाउन इलाका प्रहरी कार्यालय दिव्यनगर र इलाका प्रहरी कार्यालय फुलवारीको टोलि तथा नेपाली सेनाको टोलि परिचालन गरिएको छ ।चितवनमा बाघले पछिल्लो समय धेरैको ज्यान लिएको छ ।

तपाईको प्रतिक्रिया