×

मध्य नेपाल

बैदेशिक रोजगार सम्बन्धी कसुरको आरोपमा गैँडाकोटबाट महिला पक्राउ

बैदेशिक रोजगार सम्बन्धी कसुरको आरोपमा गैँडाकोटबाट महिला पक्राउ
गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटले बैदेशिक रोजगार सम्बन्धी कसुरको आरोपमा नवलपुरको गैँडाकोटबाट एक महिलालाइ पक्राउ गरेको छ ।कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ स्थायी घर भै हाल गैँडाकोट ९मा बस्दै आएकी ३४ बर्षीया आशा सेनलाई प्रहरीकाे विशेष टाेलीले  गैँडाकाेट वडा नं ८ बाट बिहान १० वजे पक्राउ गरेकाे हाे । बैदेशिक रोजगार सम्बन्धी कसुर गरि फरार रहेकी सेनलाई बैदेशिक रोजगार विभाग काठमान्डौको परिपत्र अनुसार पक्राउ गरि काठमान्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्र...

चितवनको पोखरा बसपार्कमा ट्रकको ठक्करबाट एक युुवकको मृत्यु

चितवनको पोखरा बसपार्कमा ट्रकको ठक्करबाट एक युुवकको मृत्यु
चितवन । चितवनको पोखरा बसपार्क (नारायणगढ बसपार्क) मा ट्रकको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ५ ख ८४९७ नम्बरको ट्रकको ठक्करबाट ना २६प ४८५१ नम्बरको स्कुटरको पछाडी बसेका ईच्छाकामना गाउँपालिका वडा नं. ३ का २० वर्षीय सन्दिप गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भित्री सडकबाट पोखराबसपार्क जाने मुख्य सडक पार गर्ने क्रममा ट्रकले स्कुटरलाइ ठक्कर दिएको थियो । दुर्घटनामा परि गम्भिर घाइते भएका स्कुटर चालक गै...

तनहुँमा आफ्नै आमाबाट पटक-पटक अगुल्टाले कुटिए नाबालक

तनहुँमा आफ्नै आमाबाट पटक-पटक अगुल्टाले कुटिए नाबालक
तनहुँ । शुक्लागण्डकी नगरपालिका–१०, जुवालथरमा आमाले छोरा कुटेर गम्भिर घाईते भएको छ । शनिबार दिउसो ३२ बर्षकी टीकादेवी नेपालीले आफ्नै ६ बर्षका छोरा सागरलाई आगो फुक्ने ढुङ्ग्रोले टाउकोमा पटक पटक हिर्काउँदा सागर गभिर घाईते भएको स्थानीयले बताएका छन् । बालकका आफन्त यामबहादुर नेपालीले २४ गते राति पनि आमाले छोरालाई कुटेको बताए । ‘शनिबार दिउसो मौका छोपेर खोलामा फाल्ने योजनामा रहेछ उस्को । मैले स्थानीय, जनप्रतिनिधिलाई खबर गरे । छोरा बोक्दै खोलाको किनार किनार दौडिएको त्यहाँका स्थानीयल...

कृषि विश्वविद्यालयका अनुसन्धानका प्राथमिकता क्षेत्रको छनोट

कृषि विश्वविद्यालयका अनुसन्धानका प्राथमिकता क्षेत्रको छनोट
चितवन । कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाचौँ अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ । कृषि क्षेत्रको अनुसन्धानमा यो विश्वविद्यालय अग्रणी मानिन्छ । बैठकले वातावरण परिवर्तनका कारणले कृषि क्षेत्रमा परेको असर, गहुँ र धानको नयाँ जातको विकास, पशुपालनको क्षेत्रमा बाख्राको नयाँ जातको विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्ने गरी निर्णय गरेको हो । विश्वविद्यालयका अनुसन्धान निर्देशक तथा पर...

आज बकर ईद मनाइँदै, देशभर सार्वजनिक बिदा

आज बकर ईद मनाइँदै, देशभर सार्वजनिक बिदा
नवलपुर। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद ९इदुल जोहा० आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। हिजरी संवत्अनुसार १४३९ वर्...

लायन्स क्लब पेन्गुईनद्धारा कृषकलाई फलफूल तथा डाले घाँसका बिरुवा बितरण

लायन्स क्लब पेन्गुईनद्धारा कृषकलाई फलफूल तथा डाले घाँसका बिरुवा बितरण
पाेखरा । लायन्स क्लब अफ पोखरा पेन्गुईनले पोखरा महानगरपालिका वडा नं. ३३ को आपु कस्यारीका कृषकहरुलाई फलफूल तथा डालेघाँसका बिरुवा बितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच बन निर्देशनालय गण्डकी प्रदेशका निर्देशक रामकाजी श्रेष्ठले कृषकहरुलाई बिरुवा बितरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले कृषकहरुका लागी डालेघाँस महत्वपूर्ण हुने बताउनुभयो । नेपालमा अझै पनि ८० प्रतिशत भन्दा बढी मानिसहरु कृषि पेशमा आबद्ध भएको अवस्थामा कृषिकमुखी कार्यक्रम ल्याएर लायन्स क्लबले...

फेसबुकमा साथी बनाएर २६ लाखभन्दा ठगी गर्ने गैडाकोटकी युवती पक्राउ

फेसबुकमा साथी बनाएर २६ लाखभन्दा ठगी गर्ने गैडाकोटकी युवती पक्राउ
गैडाकोट ।  प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेम गैडाकोट नगरपालिका वडा नम्बर ११ की २६ बर्षीया सम्भावी पौडेल रहेकी छिन । झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि चितवन प्रहरीले पक्राउ गरेको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएसँगै  भरतपुर महानगरपालिका वडा न‌‍ १ का ५३ बर्षीय  पुरुषबाट उनले २६ लाख ४५ हजार ७०० रूपैया  ...

मानवीय क्रूरताले उजाडिएको वन र बस्ती (फोटोफिचर)

मानवीय क्रूरताले उजाडिएको वन र बस्ती (फोटोफिचर)
काठमाडौं । प्रकृतिमाथि जति आक्रमण गर्‍यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ ।मानव समुदायले जति प्रकृतिको दोहन गर्छ, सजायस्वरुप प्राकृतिक विपद्का घटनाहरू बढ्दै जान्छन् । अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ । प्राकृतिक स्रोतमाथिको दोहनले प्रकृति त कुरुप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीहरूको पनि अस्तित्व सकिन्छ । मानिसले प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई उजाड बनाइरहेका छन् । प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन्...

नवलपुर उद्योग बाणिज्य संघको अध्यक्षमा अर्याल र महासचिवमा पाेखरेल निर्वाचित

नवलपुर उद्योग बाणिज्य संघको अध्यक्षमा अर्याल र महासचिवमा पाेखरेल निर्वाचित
नवलपुर । नवलपुर उद्योग बाणिज्यसंघको अध्यक्षमा बैकुण्ठप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । नवलपुरको कावासोतीमा सम्पन्न पाँचौ अधिवेशनले अर्यालयको अधयक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा भेष बहादुर अधिकारी, उपाध्यक्ष (बाणिज्यतर्फ) राजेन्द्र पाण्डे, महासचिवमा बुद्धिसागर पोखरेल, सचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा रमेश अधिकारी निर्विरोध चयन हुनुभएको छ । पदाधिकारी तर्फ उपाध्यक्ष (उद्योग तर्फ) कसैको पनि उमेदवारी नपरेपछि सो पद रिक्त हुने भएको छ । ...