कोरोना सङ्क्रमण बढ्दो, स्वास्थ्य मापदण्ड पालनामा खेलाँची नगर्न विज्ञको आग्रह
काठमाण्डौ। कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड पालनामा खेलाँची नगर्न विज्ञहरुले आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हिजो मात्र थप २ सय २९ जनामा सङ्क्रमण पुष्टि भएर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २ सय नाघेको छ । सङ्क्रमण दर ६ प्रतिशतभन्दा बढी पुगेको र अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए टू’ र ‘बीए फाइभ’ बढी सक्रिय रहेको पाइएको मन्त्रालयले जनाएको छ ।
कोरोनाको ‘बी फाइभ’ उपप्रजातिलाई सबैभन्दा धेरै सङ्क्रामक मानिन्छ । इपिडिमिय...


