×

मध्य नेपाल

जाँड-रक्सी खाने र बिक्री गर्नेलाई गाँउपालिकाले ढुङ्गा बोकाउने

जाँड-रक्सी खाने र बिक्री गर्नेलाई गाँउपालिकाले ढुङ्गा बोकाउने
डोटी । डोटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएको पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिनुभयो । वडामा जाँड–रक्सी वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपछि यो निर्णय गरिएको हो ।यसैगरी यस वडामा सञ्चाल...

पोखरीमा डुबेकी छोरीलाई बचाउन गएका बाबुको पनि मृत्यु

पोखरीमा डुबेकी छोरीलाई बचाउन गएका बाबुको पनि मृत्यु
वालिङ। स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए।उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल लगिएको थियो। चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो
काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ...

गैंडाकोटको हनुमान मन्दिरको मुल गेटमा तालाबन्दी

गैंडाकोटको हनुमान मन्दिरको मुल गेटमा तालाबन्दी
गैंडाकोट।  गैंडाकोट – ९ मा रहेको हनुमान मन्दिरको मुल गेटमा ताला लगाईएको छ । मन्दिर ब्यवस्थापन समितिका निवर्तमान उपाध्यक्ष बालुराम कुमाल र उनका समर्थकहरुको एक समुहले बुधवार दिउँसो मन्दिरमा ताला लगाएकाे हाे । हिजाे मात्रै  हनुमान मन्दिर चक्रघाट समितिको नवौं साधारण सभा एवं पाँचौ अधिवेशन भएको थियो । अधिवेशनमा समितिको अध्यक्ष पदमा वालुराम कुमाले उम्मेदवारी दर्ता गराएका थिए तर निर्वाचन समितिले आफुसँग सरसल्लाह नै नगरी एकलौटी ढंगले समिति चयन गरेको कुमालको आरोप छ । आफुले मन्दिर ...

कस्तो छ त आज तपाइको दिन थाहा पाउनुहोस् (आजको राशिफल )

कस्तो छ त आज तपाइको दिन थाहा पाउनुहोस् (आजको राशिफल )
चितवन । आज ४ साउन २०७९, बुधबार । तद्नुसार जुलाई २०. श्रावणकृष्णपक्ष सप्तमी, बब करण, रेवती नक्षत्र, सुकर्मा योग, चन्द्रमा मीन राशिमा छ ।आज बिहान सूर्योदय ५ः२० मा भएको छ भने सूर्यास्त ७ः०० बजे हुनेछ । आजका देवता इन्द्र र ग्रहदेव मंगल हुन् ।बुधबार घर गृहस्थ र आर्थिक कारोबारका लागि राम्रो मानिन्छ । बुधबार ऋणको किस्ता दिनु लिनु पनि हुँदैन । आज बिहान ११ः४३ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्यका लागि राम्रो मानिन्छ । आजको राशिफल   मेष  मेष राशिका जात...

पहिरोले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

पहिरोले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।गए राति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। सडकमाथिबाट आएको पहिराले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए।पृथ्वीराजमार्ग विस्तार गर्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।

४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाका कारण दुई वर्ष रोकिएको बोलबम मेला यसवर्ष लाग्ने

कोरोनाका कारण दुई वर्ष रोकिएको बोलबम मेला यसवर्ष लाग्ने
चितवन । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पु¥याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाट क्षेत्रलाई उज्यालो पारिएको बताउनुभयो । “भक्तजन धेरै आउने भएकाले स्नान क्षेत्र तथा भक्तजन बस्ने ठाउँलाई उज्यालो बनाउन बत्ती जडान गरेका छौँ”, उह...

सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ

सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ
काठमाडौं । प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ । पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् ।उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।