गैंडाकोट।  गैंडाकोट – ९ मा रहेको हनुमान मन्दिरको मुल गेटमा ताला लगाईएको छ । मन्दिर ब्यवस्थापन समितिका निवर्तमान उपाध्यक्ष बालुराम कुमाल र उनका समर्थकहरुको एक समुहले बुधवार दिउँसो मन्दिरमा ताला लगाएकाे हाे ।

हिजाे मात्रै  हनुमान मन्दिर चक्रघाट समितिको नवौं साधारण सभा एवं पाँचौ अधिवेशन भएको थियो । अधिवेशनमा समितिको अध्यक्ष पदमा वालुराम कुमाले उम्मेदवारी दर्ता गराएका थिए तर निर्वाचन समितिले आफुसँग सरसल्लाह नै नगरी एकलौटी ढंगले समिति चयन गरेको कुमालको आरोप छ ।

आफुले मन्दिर समितिको उपाध्यक्ष पदमा रहि २६ वर्षदेखि सेवा गर्दै आएको र यसपटक अध्यक्षमा रहेर सेवा गर्ने इच्छा रहेकोमा आफुलाई योजनाबद्द तरिकाले पदमुक्त गरिएको कुमालको आरोप छ  । अध्यक्षमा उम्मेदवारी परेपछि पनि एकलौटी ढंगबाट निर्णय भएको भन्दै कुमाल र उनका  समर्थकहरुले मन्दिरको गेटमा ताला लगाएका हुन् ।

असन्तुष्ट व्यक्त गर्ने समितिको सदस्यमा उम्मेदवारी दिएका अर्का उत्तम  बकावल मगर समेतको सहभागिता थियो आफुहरू जनजाती भएकै कारण मन्दिर समितिको नेतृत्वबाट बञ्चित गर्न खोजिएको उनिहरुकाेआरोप छ । आफ्नो माग सम्बोधन नगरिए र लोकतान्त्रिक ढंगवाट समिति चयन नभए कानुनी प्रकृयामा जाने उनिहरुकाे चेतावनी छ ।

तपाईको प्रतिक्रिया