नवलपुर । नवलपुर उद्योग बाणिज्यसंघको अध्यक्षमा बैकुण्ठप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । नवलपुरको कावासोतीमा सम्पन्न पाँचौ अधिवेशनले अर्यालयको अधयक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा भेष बहादुर अधिकारी, उपाध्यक्ष (बाणिज्यतर्फ) राजेन्द्र पाण्डे, महासचिवमा बुद्धिसागर पोखरेल, सचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा रमेश अधिकारी निर्विरोध चयन हुनुभएको छ । पदाधिकारी तर्फ उपाध्यक्ष (उद्योग तर्फ) कसैको पनि उमेदवारी नपरेपछि सो पद रिक्त हुने भएको छ ।

कार्यसमिति तर्फ १८ जना सदस्यहरुका लागि १९ जनाको उमेदवारी दर्ता भएपछि सहमतीको प्रयास भैरहेको छ । उमेदवारी फिर्ता लिने समय बाकि रहेकोले आजै एकजनाको उमेदवारी फिर्ता गराएर सबै पदमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्ने तयार भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया