डबल ब्ल्याकदेखि खुकुरी रमसम्म नक्कली, जेडीको बोतलमा गोल्डेन ओक मिसाउने गिरोह समातियो
काठमाडौं । काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका मदिराको नाममा नक्कली मदिरा बिक्री हुने गरेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ललितपुरको कुपण्डोलको नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखाका निरज उप्रेती, गोंगबुको मित्रनगरको एसटी लिक्विर स्टोरका सञ्चालक स्याङ्जाका धर्मी पौडेल र सिन्धुली घर भई ललितपुरको टिकाथली बस्ने गणेशबहादुर रानामगरलाई पक्राउ गरेको हो ।
पक्राउ ...


