नारायणगढ-बुटवल सडककाे बेहाल : काम सुरु गरेको ४३ महिनापछि ११ सय मिटर पिच
नवलपुर । बुटवल–नारायणगढ फराकिलो पार्ने काम सुरु गरेको ४३ महिनापछि बल्ल ११ सय मिटर कालोपत्रे गरिएको छ । राजमार्गको भेंडाबारी– हर्कपुर खण्डमा ११ सय मिटर सडक कालोपत्रे भएको हो । इन्जिनियर राकेश झाका अनुसार कालोपत्रे गरिएको त्यो खण्डमा ६ सेन्टिमिटर बाक्लो पिच गरिएको छ ।
त्यहाँ अझै ४ सेन्टिमिटर कालोपत्रे (बाक्लो) थपिने छ । महेन्द्रराजमार्ग ठेक्का लिएको ४३ महिनापछि राजमार्गमा पहिलो पटक यति लामो पिच देख्न पाइएको हो । त्यहीं खण्डमा दुई साता अघि १ सय २० मिटर कालोपत्रे परीक्षण गरिए...


