काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन् । सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उनले लेखेका छन्, ‘म अभिमन्यु होइन ।’

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’, लामिछानेले भनेका छन् ।

नागरिकता विवादमा सर्वोच्चको फैसलापछि सांसद र मन्त्री गुमाएका रविको आइतबार नेपाली नागरिकता कायम भइसकेको छ । उनी पुनस् गृहमन्त्रालयमा फर्किन चाहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई गृहमन्त्री दिन सकारात्मक छैनन् ।गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने रविको पक्षमा उभिएका छन् ।

तपाईको प्रतिक्रिया