चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुईवटा गैंडा
गैँडाकाेट । नवलपुरको मध्यविन्दुमा २ वटा गैँडा मृत अवस्थामा भेटिएका छन् । चितवन राष्टिय निकुञ्जको अमलटारी सेक्टर अन्र्तगत भुताह पोष्ट नजिकै अन्दाजी ४ वर्षको भाले गैडा र १४ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्टिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार नारायणी नदीको उत्तरी किनार स्थित नदीको बगर क्षेत्रमा गैँडा मृत अवस्थामा भेटिएका हुन् ।स्थानीयको सूचनाको आधारमा निकुञ्जले दुवै गैँडा एकै स्थानमा एउटै समयमा फेला पारेको हो ।
वि...


