मकवानपुरमा जीप दुर्घटना २ जनाको मृत्यु
मकवानपुर – मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
हेटौँडा–भीमफेदी–काठमाण्डौ छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ काे सिमखोलामा ना १ ज ४१०६ नम्बरकाे जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले बताउनुभयो ।
प्रहरीका अनुसार ज्यान गुमाउने दुवै जना पुरुष हुन् । दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको प्राथमिक स्व...