राष्ट्रपतिको कदम र भारतको मिचाहा प्रबृत्ति विरुद्ध युवा संघ चितवन आन्दोलित
चितवन । राष्ट्रपति रामचन्द्र पौडेलको कदम र भारतले अखण्ड भारतका नाममा नेपाली भूमि समेटेर संसद भवनमा नक्सा बनाएको विरोधमा युवा संघ चितवन आन्दोलनमा उत्रिएको छ । संघले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विरोध जनाएको हो ।
संघका चितवन संयोजक शंकर अधिकारी नेतृत्वको टोलीले आज प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा “राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको नागरिकता विधेयक फिर्ता लिन र भारत सरकारले अखण्ड भारतका नाममा समावेश गरेको ...


