साइनिङ माध्यामिक विद्यालयद्धारा अभिभावकहरुका लागि अभिमुखीकरण
गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको साइनिङ माध्यामिक विद्यालयले अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोट ५ स्थित विद्यालयको आफ्नै सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रममा २५० भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको सिकाईमा सहजीकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य इन्दिरा दवाडीले अभिमूखिकरण कार्यक्रमले अभिभावक र विद्यालयविच रहने दुरी समेत कम हुने र सिकाइका नयाँ नयाँ माध्यमका बारेमा ...


