ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पहिरामा परि छोरा बेपत्ता भएका छन्।मृत्यु र बेपत्ता हुनेमा रणबहादुर गुरूङको परिवार रहेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।
उनका अनुसार गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको बरालले जानकारी दिए। १० वर्षका छोरा दिनश गुरूङ बेपत्ता छन्।
‘दुई सय मिटर माथिबाट पहिरो आएर घर बगाएर लगेछ। अहिलेस...


