गैंडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कलेजहरुमा रास्वपाले कुनै पनि भातृ संगठन नबनाउने बताउनुभएको छ ।
अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैंडाकोटले आयोजना गरेको विद्यार्थीसँग सांसद कार्यक्रममा विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिदै लामछिानेले रास्वपाले कुनै पनि भातृ संगठन नबनाउने र भएको भातृ संगठन हटाउनका लागि पनि लविङ गर्ने बताउनुभयो ।
नेपालको शिक्षा नीति परिर्वतन गर्न आवश्यक रहेको बताउदै उहाँले त्यसका लागि आफुहरुले पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । राजनीति जतिसुकै खराब भए पनि देशको नीति बनाउने ठाउँ यही राजनीति भएकाले देशलाई सहि बाटो दिन र राम्रो नीति बनाउन आफु राजनीतिमा आएको लामिछानेको दावी थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्राध्यापक कृष्णहरि पौडेलले अस्थिर राजनीतिका कारण लाखौं युवा विदेश जान बाध्य रहेको र यसलाई रोक्न आग्रह गर्नुभएको छ । अक्फोर्ड कलेजका प्राचार्य प्रोफेसर ईन्जिनियर हरि भण्डारीले विद्यार्थीलाई उच्च शिक्षा देशमै हासिल गर्न आग्रह गर्नुभएको थियो कार्यक्रममा विद्यार्थीहरुले सांसद रवि लामिछानेलाई शैक्षिक र युवाको क्षेत्रमा रहेर प्रश्न गरेका थिए ।


उज्यालो खबर