सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा १२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को नाम सिफारिस भएको छ।सशस्त्र प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट भर्ना भएका दोस्रो ब्याचीहरूको एसएसपीमा बढुवा सिफारिस भएको हो।उनीहरू २०७५ साल चैत १५ गते एसपीमा बढुवा भएका अधिकृतहरू हुन्।
यही ब्याचका १५ जना भने २०७७ जेठ ५ गते एसपी बढुवा भएका थिए। बिहीबार बढुवा सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएकाहरू मात्रै छन्।सो समूहका १५ जना यसअघि नै एसएसप...


