×

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

यसअघि शनिवार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो । आइतबारको बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ ।

नक्कली सर्टिफिकेट प्रकरणमा डा। शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया