×

मध्य नेपाल

दाङको घोराहीका लागि छुटेको बस रोल्पामा दुर्घटना ४ जनाको मृत्यु

दाङको घोराहीका लागि छुटेको बस रोल्पामा दुर्घटना ४ जनाको मृत्यु
रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । सूचना अधिकरी भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन...

बाढी पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित

बाढी पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित
काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन् । नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनौं राजमार्ग अवरुद्ध बनेका छन् । काठमाडौंको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । यो सडक खण्ड आज बिहानैबाट बन्द भएको थियो । कालिगण्डकी करिडोर अहिले अवरुद्ध भएको छ । यस करिडोरको बागलुङ नगरपालिका १० गलुवामा पहिरोले सडक अवरुद्ध बनाएको छ । सिद्धार्थ रा...

सल्यानमा छोराले गरे आमाको हत्या

सल्यानमा छोराले गरे आमाको हत्या
दाङ । सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् ।शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् । मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।प्रहरीले आरोपित छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेका प्रहरीले बताएको छ ।

पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध

पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध
बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट लेदोसहित ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । पहिरो झरेको उक्त स्थान सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन उत्तरतर्फको प्रवेश विन्दु हो । पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्ला जाने सवारी साधनहरु बीचमै रोकिएका दोभान प्रहरी चौकीले जनाएको छ । सिद्धबाबा सुरुङमार्ग निर्माण...

सदन खुलाउने विषयमा सभामुखसहित तीन दलका शीर्ष नेताहरुको बैठकमा कुरा मिलेन, भोलि पुनः बस्ने

सदन खुलाउने विषयमा सभामुखसहित तीन दलका शीर्ष नेताहरुको बैठकमा कुरा मिलेन, भोलि पुनः बस्ने
काठमाडौं । सदनको अवरोध हटाउन बसेको सभामुखसहितको तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन टुंगिएको छ । सिंहदरबारमा बसेको दोस्रो चरणको बैठकमा पनि सहमति बन्न नसकेको हो ।एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद अवरोध गरेपछि सभामुखले सदन सुचारु गर्ने पहल गरेको थिए । आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।बैठक निष्कर्षमा पुग्न नसकेपछि भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बा...

मौसमको न्यूनचापीय रेखा नेपालनजिक, आज कहाँ कहाँ पानी पर्छ ?

मौसमको न्यूनचापीय रेखा नेपालनजिक, आज कहाँ कहाँ पानी पर्छ ?
काठमाडौं । मौसमको न्यूनचापीय रेखा नेपालतिर रहेकाले आजदेखि तुलनतात्मक रूपमा बढी पानी पर्ने जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।मौसमविद् शान्ती कँडेलका अनुसार न्यूनचापीय रेखा पूर्व र पश्चिम दुबै क्षेत्रमा नेपालनजिक रहेकाले आजदेखि बढी पानी पर्ने सम्भावना छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ...

आँखा पाक्ने रोग फैलिएपछि भरतपुरका सबै विद्यालयहरु साउन २६ सम्म बन्द हुने (सूचना सहित )

आँखा पाक्ने रोग फैलिएपछि भरतपुरका सबै विद्यालयहरु साउन २६ सम्म बन्द हुने (सूचना सहित )
चितवन । आखाँ पाक्ने रोगको सक्रंमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सबै विद्यालयहरु भोलि देखि बन्द हुने भएका छन् । एडिनो भाइरसको संक्रमण चितवनमा पनि बढ्दै गएको र विद्यालयहरुमा समेत यसको असर बढ्दै गएको पाइएपछि महानगरका सबै विद्यालयहरु पाँचदिनका लागि बन्द गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालद्धारा जारी सूचनामा हिउदे वा वर्षे विदाबाट मिलान हुने गरि विद्यालयहरु बन्द गर्न आग्रह गरिएको छ ।

भरतपुरको मनकामना अस्पतालमा गर्भवतीको मृत्यु भएपछि तनाव

भरतपुरको मनकामना अस्पतालमा गर्भवतीको मृत्यु भएपछि तनाव
चितवन । चितवनको मनकामना अस्पतालमा गएराती गर्भवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो । चिकित्सकले लापरबाही गर्दा तीन महिने गर्भवतीको मृत्यु भएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् । अस्पतालले हिजोराती अचानक विरामीको मृत्यु भएको खबर आफुहरुलाई दिएको पिडितहरुले बताएका छन् । गर्भपतनको लागि अस्पताल आएकी उनको अपरेसन पछि अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफन्तले बताएका छन् । गर्भवतीको मृत्यु भएपछि ...

जनक नमूना माविका सयजना विद्यार्थीहरुको निशुल्क कपाल काटियो

जनक नमूना माविका सयजना विद्यार्थीहरुको निशुल्क कपाल काटियो
गैँडाकोट । गैँडाकोटको जनक नमूना माध्यमिक विद्यालयका सयजना विद्यार्थिहरुको निशुल्क कपाल काटिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित सो सामुदायिक विद्यालयका सयजना विद्यार्थीहरुको निशुल्क कपाल काटिएको हो । स्थानीय एजेके युनिसेक्स सैलुनले सामाजिक उत्तरदायित्व  अन्तर्गत विद्यार्थीहरको निशुल्क कपाल काटेको सैलुनका निर्देशक अम्बीक कार्कीले जानकारी दिए ।सामुदायिक विद्यालयमा आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाहरुले अध्ययन गर्ने भएकोले सामुदायिक विद्यालयमै पुगेर सेवा दिइएक...