दूर्घटना न्यूनीकरण गर्न चितवनका सडक छेउमा सचेतनामुलक बोर्ड
चितवन–जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक दूर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामुलक कार्यक्रम थालेको छ ।
दुर्घटना संभावित क्षेत्रमा सूचनामुलक बोर्ड राख्नेदेखि सवारी साधनको चेकजाँचलाई पनि तिव्रता दिएको छ । ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्ग अन्तरगत टिकौली जंगल सडक खण्डमा धेरै दुर्घटना हुन थालेपछि त्यस क्षेत्रमा सूचनामुलक बोर्ड राखेको हो ।
‘हाम्रो अभियान सुरक्षित र सहज आवागमन’ नारा दिएर ‘सावधान १ दुर्घटना संभावित क्षेत्र’ लेखिएको बोर्डहरु राखिएको जिल्ल...


