×

मध्य नेपाल

चेपाङ बालबालिकालाई एक्सपर्ट चितवनका कर्मचारीले गरे खाद्यान्न तथा स्टेशनरी सहयोग

चेपाङ बालबालिकालाई एक्सपर्ट चितवनका कर्मचारीले गरे खाद्यान्न तथा स्टेशनरी सहयोग
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका कर्मचारीहरुले गामबेसी चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेका छन् ।चेपाङ बालबालिकाहरुलाई आवासीय रुपमा शिक्षा दिइरहेको केन्द्रमा रहेका बालबालिकाहरुलाई पढ्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री र स्टेशनरी सामग्री सहयोग गरेका हुन् । सहयोग सामग्री एक्सपर्ट चितवनका निर्देशक डिल्ली राम अधिकारीले गामबेसी चेपाङ संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्मालाई हस्तान्तरण गरेका थिए । एक्सपर्ट चितवन...

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई कसैको पनि दबाब र प्रभावमा नपरी अपराध अनुसन्धानमा खरो उत्रिन निर्देशन दिएका छन् । उनले प्रहरीलाई अनुसन्धान सघाउन गृह नेतृत्व तयार रहेको समेत बताए । अपराध अनुसन्धान विभागले सोमबार काठमाडौँमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले भने, ‘अपराध अनुसन्धानमा खरो उत्रिन नेपाल प्रहरीलाई आवश्यक पर्ने सबै खाले पूर्वाधार तयार गर्न सरकार प्रतिबद्ध छ । साथै, कसैको दबाब र प्रभावमा...

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु
दमौली । तनहुँको देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा देवघाट-३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले ...

सर्लाहीमा आम जनता पार्टीका केन्द्रीय सदस्य सहित जिल्ला कमिटीद्धारा राजिनामा

सर्लाहीमा आम जनता पार्टीका केन्द्रीय सदस्य सहित जिल्ला कमिटीद्धारा राजिनामा
नवलपुर । पार्टी नेतृत्व प्रति असन्तुष्टी जनाउदै आम जनता पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा सर्लाही जिल्लाको सिगो कमिटीले राजिनामा दिएका छन् । पार्टी अध्यक्षले परिवारवाद, नाताबाद र जातिवादलाई प्रश्रय दिदै रौतहट जिल्लालाई मात्रै राजनितीको केन्द्र बनाउदै अन्य जिल्लालाई उपेक्षा गरेको भन्दै सर्लाही जिल्लाका ईन्चार्ज तथा केन्द्रीय सदस्य दिपक रानाभाट, सर्लाही जिल्ला अध्यक्ष तुलसीप्रसाद हुमागाई, केन्द्रीय सदस्य नारायण कार्की सहित ४७ जनाले एकैसाथ राजिनामा दिएका हुन् । रा...

गुल्मीकी मनिषाले गरिन् एकै वर्षमा लोकसेवाका ५ वटा परीक्षामा उत्तीर्ण

गुल्मीकी मनिषाले गरिन् एकै वर्षमा लोकसेवाका ५ वटा परीक्षामा उत्तीर्ण
रेसुङ्गा– गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका ५ परीक्षा १ वर्षभित्रमा उत्तीर्ण भएकी छन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले १ वर्षभन्दा छोटो समयको अवधिमा लोकसेवाका ५ परीक्षा उत्तीर्ण भएकी हुन्। उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लो...

CMC चुरे हिल हस्पिटलद्धारा सेवा शुभारम्भ , एकसय शैयाको अस्पताल बनाउने तयारी

CMC चुरे हिल हस्पिटलद्धारा सेवा शुभारम्भ , एकसय शैयाको अस्पताल बनाउने तयारी
हेटौँडा । वागमती प्रदेशको राजधानी मकवानपुर हेटौँडामा अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा आएको छ । गुणस्तरीय अब्बल स्वास्थ्य सेवा दिंदै आएको चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियान अन्तर्गत हेटौँडा स्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो । ‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गर्दै अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालन गरेको चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्साललले ज...

 जलहरी प्रकरणमा मुछिएका तत्कालीन सदस्य सचिव थापासँग ३ लाख धरौटी माग

 जलहरी प्रकरणमा मुछिएका तत्कालीन सदस्य सचिव थापासँग ३ लाख धरौटी माग
काठमाडौं । पशुपतिनाथको जलहरी निर्माण भ्रष्टाचारका आरोपी पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापासँग ३ लाख धरौटी मागिएको छ ।विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले थापालाई पुस २५ मै ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा हिनामिना गरेको आरोपमा कोषका तत्कालीन सदस्य सचिव डा। प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् सदस्य सचिव मिलनकुमार था...

त्रिशूलीमा खसेको गाडीमा भारतीय चालक मात्रै रहेको पुष्टि, अमला लिएर गएको थियो काठमाडौँ

त्रिशूलीमा खसेको गाडीमा भारतीय चालक मात्रै रहेको पुष्टि, अमला लिएर गएको थियो काठमाडौँ
चितवन । मंगलबार बिहान त्रिशूली नदीमा खसेको भारतीय गाडीमा चालक मात्रै रहेको खुलेको छ।भारतबाट भैरहवाको सुनौली नाकाहुँदै बोलेरोमा अमला लिएर पुस २९ गते काठमाडौँ गएका भारतीय सवारी चालक सोमबार फर्किएका थिए।कालीमाटीस्थित काठमाडौँ सोलुशन ट्रेडर्समा अमला छाडेर उनी सोमबार त्यहाँबाट सुनौली नाकाहुँदै भारत जान बाटो लागेका थिए। काठमाडौं सोलुशन ट्रेडर्सले दिएको जानकारी अनुसार उक्त गाडीमा चालक मात्रै थिए। चालक पनि भारतीय नागरिक नै रहेको उनले बताए। ‘यो नम्बरको गाडी त हाम्रोमा सामान लिएर आए...

आजदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली लागू

आजदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली लागू
काठमाण्डौ । सरकारले आज देखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेन्ट) प्रणाली लागू गरेको छ ।स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम को–पेमेन्ट सम्बन्धी कार्यविधि निर्माण गरी आजदेखि कार्यान्वयनमा ल्याएको हो । स्वास्थ्य बीमा बोर्डका अनुसार यस प्रणालीमा बीमित नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई सेवा उपभोग गर्दा तत्काल सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमअनुसार तोकिएको केही रकम तिनुपर्ने व्यवस्था गरिएको छ ।को–पेमेन्ट...