×

मध्य नेपाल

फागुन ४ गते गण्डकी प्रदेशभर सार्वजनिक विदा

फागुन ४ गते गण्डकी प्रदेशभर सार्वजनिक विदा
पोखरा । गण्डकी प्रदेशले स्थापना दिवसमा सार्वजनिक विदा दिएको छ । प्रदेश स्थापना दिवस फागुन ४ गते गण्डकीले सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले बताए । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा लागू हुने ढकालको भनाइ छ । २०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । त्यसै दिनलाई प्रदेश स्थापन...

भ्यालेनटाइन डे मा मौलाकाली केबलकारद्धारा भारी छुटको घोषणा

भ्यालेनटाइन डे मा मौलाकाली केबलकारद्धारा भारी छुटको घोषणा
गैँडाकोट । पूर्वी नवलपरासीको मौलाकाली केबलकारले प्रेम दिवस र सरस्वती पुजाको अवसरमा टिकटमा भारी छुट दिने भएको छ । फागुन २ गते परेको सरस्वती पुजा र प्रेम दिवसको दिन केवलकारको टिकटमा ३६.३६ प्रतिशत छुट दिइएको केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिनुभयो । केबलकार मार्फत यात्रा गर्ने यात्रुहरुले फागुन २ गते ३५० रुपैयामै टिकट प्राप्त गर्ने उहाँले बताउनुभयो । विहान ६ वजेदेखि साँझ ५ वजेसम्म केवलकारले सर्वसाधरणका लागि यो सुविधा उपलव्ध गराउने उहाँको भनाई छ । ५ मिनेट यात्रा...

बाँदर नियन्त्रण गर्न भन्दै  त्रिपुरासुन्दरीले पनि निकाल्यो रूख काट्ने सूचना

बाँदर नियन्त्रण गर्न भन्दै  त्रिपुरासुन्दरीले पनि निकाल्यो रूख काट्ने सूचना
काठमाडौं । बाँदरले बालीनाली खाएको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन्। ‘हामीले अघिल्लो साल पनि बजेट राखेर झाडी फाँड्ने अभियान चलाएका थियौं,’ कार्कीले भने, ‘अहिले पनि सुधार गरौँ भनेर हो।’उनले गाउँमा बाँदरको आतंक बढेको बताए। बालीनाली बाँदरले खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थाले। मानव जोगाउनकै लागि निजी जग्गाका रूख काट्न भनिएक...

रवि लामिछानेविरूद्ध कास्की प्रहरीमा जाहेरी

रवि लामिछानेविरूद्ध कास्की प्रहरीमा जाहेरी
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडितहरूले प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरूद्ध जाहेरी दिएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने, दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीहरूविरूद्ध जाहेरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनबहादुर श्रेष्ठले जानकारी दिए। ‘हप्ता दिनदेखि हामीले अनुसन्धान गरिरहेकै छौं। यसमा पूरक जाहेरी आएको हो। यसअघि निवेदन पनि आइसकेको थियो। आज फेरि कम्पनीहरू र नाम जाहेरी परेक...

भरतपुरका अस्पतालहरुमा महानगरको अनुगमन

भरतपुरका अस्पतालहरुमा महानगरको अनुगमन
चितवन ।भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालहरुमा अनुगमन सुरु गरेको छ ।स्थानीय सरकार मातहत रहेका अस्पतालहरुमा महानगरको टोलीले अनुगमन सुरु गरेको हो । भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीको नेतृत्वमा अनुगमनमा गएको टोलीले अस्पताल व्यवस्थित गर्नका लागि अनुगमन सुरु गरेको जनाएको छ । अनुगमनमा उपमेयरसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौड्याल, जनस्वास्थ्य प्रवद्र्धन शाखाका अधिकृत दिपक सुवेदी, महानगरका अधिकृत बलदेव ...

संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुँदै

संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुँदै
काठमाडौं । संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरू हुँदैछ ।आज अपराह्न बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संघीय संसद् सचिवालयले जनाएको छ। सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा प...

नाै महिने सृजमलाई ‘स्पाइनल मस्कुलर एट्रोफी’, उपचारमा ३० करोड लाग्ने भएपछि आमाबुवामा छटपटी

नाै महिने सृजमलाई ‘स्पाइनल मस्कुलर एट्रोफी’, उपचारमा ३० करोड लाग्ने भएपछि आमाबुवामा छटपटी
रुपन्देही । ९ महिने बालकमा जटिल रोग लागेको र त्यसको उपचारमा करिब ३० करोड रकम लाग्ने भएपछि रुपन्देहीको तिलोत्तमाको एक परिवारमा बेचैनी बढेको छ । गत बैशाखमा जन्मिएका सृजम विष्ट ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोगसँग लडिरहेका छन् । सृजम तिलोत्तमा नगरपालिका- ४ नयाँमिलका महेन्द्र विष्ट र सिर्जना भट्टराईका पहिलो सन्तान हो । ‘जन्मिँदा कुनै समस्या देखिएको थिएन । चार महिनाको हुँदा टाउको ठूलो भए जस्तो, सन्चो नभए जस्तो महसुस भयो’, सृजमकी आमा सिर्जनाले भनिन्, ‘चेकजाँचको लागि अस्पताल लगियो, ड...

अपराध गर्नेलाई कारबाही गर्दा दबाब आयो : गृहमन्त्री

अपराध गर्नेलाई कारबाही गर्दा दबाब आयो :  गृहमन्त्री
पोखरा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्ने नेता, कर्मचारी र व्यवसायीलाई कारबाही गर्दा दबाब आउने गरेको बताएका छन्।‘कुनै अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा कोही राजनीतिक पृष्ठभूमिका मान्छे पक्राउ परे भने राजनीतिक पार्टीका मान्छे कराउन थाल्छन्, यो त हाम्रो नेता हो, हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो भनेर,’ उनले भने। अपराधमा संलग्न कर्मचारीलाई कारबाही गर्दा कर्मचारी संगठन र व्वयसायीलाई कारबाही गर्दा पनि दबाब आएको उनले बताए।‘यो देशका कर्मचारीले ...

अरुण चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

अरुण चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो
काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले बतायो । अस्पतालले रेफर गरेपछि ग्राण्डी अस्पतालमा उनीहरुलाई सारिएको सीआईबीको दाबी छ । जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतबा...