नवलपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०-६५ बर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५०-५५ बर्षीया मिना कुमाल मृत अवस्थामा आफ्नै घरमा भेटिएका छन् ।
स्थानीय बासिन्दाका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे आज किन अबेरसम्म उठेन भनेर खोजिनिति गर्दा दुवै जना मृत अवस्थामा फेला परेका हुन् । तुलबहादुर कुमाल राति साढ...


