×

गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोट ५ मा रहेको पारिजात आमा समूहले आफ्नो टोलका बालबालिकाहरुलाई स्वस्थ राख्नका लागि अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सचेतनामुलक घरदैलो कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।बालबालिकाहरुको स्वास्थ्य र यसमा अभिभावकहरुको भूमिका सम्वन्धी घरदैलो कार्यक्रम सम्पन्न गरिएको गरिएको पारिजात आमा समूहले जनाएको छ ।

आजका बालबालिकाहरु भविष्यका कर्णधार भएकोले उनिहरुलाई स्वस्थ राख्नका लागि अभिभावकहरुले खेल्नुपर्ने भूमिकाका विषयमा टोलमा रहेका अभिभावकहरुसँग अन्तकृयात्मक घरदैलो कार्यक्रम गरिएको हो ।

समूहका आमाहरुले पछिल्लो समय स्कुले बालबालिकाहरुलाई अभिभावकहरुले खाजा पठाउँदा र घरमै समेत खाजा उपलव्ध गराउदा जंङ्कफुडको प्रयोग गर्ने क्रम बढेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिए । समूहका आवद्ध महिला दिदिबैनीहरुले हरेक अभिभावकहरुले आफ्ना नानीबाबुहरुको स्वास्थ्यलाई आजैदेखि स्वस्थ राख्नका लागि गुणस्तरीय खाजा र खाना खुवाउनुपर्ने बताउदै बजारबाट खरिद गरिएका तयारी खाजा भन्दा घरमै बनाएको खाजा खुवाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

सचेतनामूलक घरदैलो कार्यक्रममा पछिल्लो समय दैनिक उपभोग्य बस्तुहरु तरकारी तथा फलफुलहरुमा समेत विषादी प्रयोग गर्ने गरेका समाचारहरु बाहिर आएको भन्दै त्यसतर्फ समेत सचेत रहनुपर्ने बताए । पारिजात आमा समूहको नियमित बार्षिक कार्यक्रम अन्तर्गत सचेतनामूलक घरदैलो कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका पुर्व उपाध्यक्ष शारदा बिक, पारिजात टोलका अध्यक्ष भूपेन्द्र कुवंर , समाजसेवी गोविन्द पौडेल समूहमा आवद्ध ६० जना महिला दिदिबैनीहरु र बालक्लवका प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया