×

गैँडाकोट । नवलपुरको मध्यविन्दुमा भएको बृहत् स्वास्थ्य शिविरमा ७०० जनाले सेवा लिएका छन् । मध्यविन्दु नगरपालिका वडा नं. १० को आयोजना लायन्स क्लब अफ चितवन आरोग्यको संयोजन, ,श्रीया सुर्य टुबिन स्मृति को प्रायोजन तथा पुरानो मेडिकल कलेज र चित्रवन नेचर केयर अस्पतालको प्राबिधिक सहयोगमा एक दिने निशुल्क बृहत् स्वास्थ्य शिबिरमा ७०० जनाले सेवा लिएका हुन् ।

नि:शुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका स्थानीयहरुले हाडजोर्नी तथा नसारोग, नाक कान घाँटी,स्त्री तथा प्रसुती, बालरोग, उच्चरक्तचाप, सुगर, भिडियो एक्सरे लगायतका सेवा लिएको पुरानो मेडिकल कलेजका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताउनुभयो ।
शिविरमा अस्पतालका तर्फबाट वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्रा डा. हेमन्त गुप्ता,डा. सन्तोष अधिकारि,डा. एरिस उप्रेती,डा. रमा कट्वाल,डा. कन्चन कुमार गोयन्का,डा. हरि गैरे,डा. नेहा गुप्ता,डा. राहुल मित्तल,डा. राम पौडेल,डा. सरोज पोख्रेल,डा. आशिष ठाकुर,डा. नकुल तामाङ, डा. स्मिता साह, ,डा.पन्कज ढकाल,डा. स्मृती शाक्य,डा .कमलराज बराल, डा. आस्था श्रेष्ठ ,डा. समिक्षा थापा,डा. मेनका पौडेल, डा.मेरिना खाड लगायतले सेवा दिनुभएको थियो ।

मध्यविन्दु नगरपालिका वडा नं. १० का अध्यक्ष रणबहादुर क्षेत्रीको अध्यक्षतामा भएको शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मध्यविन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले यस्ता सेवामुखी कार्यक्रम नगरपालिकाका अन्य वडामा पनि गराइने र स्वास्थ्य सेवा अति बिपन्न वर्गको पहुँचसम्म लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय शान्ती दिप स्कुल परिसरमा आयोजित कार्यक्रममा प्रा डा. हेमन्त गुप्ता,डा. सन्तोश अधिकारी,दुर्गा प्रसाद न्यौपाने, जनकलाल श्रेस्ठ, नेचर केयर अस्पतालका प्रबन्धक लक्ष्मण थापा लायन्स क्लब अफ चितवन आरोग्यका बद्री प्रसाद घिमिरे,डा. विशाल सापकोटा लगायतका अतिथिहरु रहनुभएको थियो ।

निजि क्षेत्रको नेपालकै जेठो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले बिगत ३ दसक देखि गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा दिइरहेको छ। मध्य नेपालमा रहेको यस अस्पतालमा नेपाल लगायत भारतबाट समेत उपचारका लागि दैनिक हजारौं बिरामीहरु आउने गरेका छन।विभिन्न संघ सस्थाहरु सग पारस्परिक हितमा हातेमालो गर्दै दुर दराजमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै जाने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्य तथा सचेतता सम्बन्धि विभिन्न कार्यक्रमहरु अझ प्रभाबकारी ढंगले गर्दै जाने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया