गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको कालिका मेडिकल कलेजले एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षा सुरु गरेको छ ।गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित कालिका मेडिकल कलेजले वैसाख ९ गतेदेखि प्रवेश परिक्षा तयारी कक्षा सुरु गरेको हो ।
बैसाख ९ गतेदेखि प्रवेश परिक्षा तयारी सुरु भएको जनाउँदै वैसाख २० गतेसम्म कलेजमा आएका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षामा समावेश गराउने कलेजले जनाएको छ ।कालिका मेडिकल कलेजका प्रशासन प्रमुख तोयनाथ दवाडीका अनुसार स्टाफ नर्स, एचए, ल्याव–टेक्निसियन, फिजियोथेरापी र रेडियोग्राफी र सिभील सव ओभरसीयर, पढ्न इच्छुक विद्यार्थीहरुका लागि तयारी कक्षा सुरु गरिएको हो ।
नवलपुर जिल्लाको एकमात्र नर्सिङ अध्यापन गराउने तथा गण्डकी प्रदेशमै एकमात्र फिजियोथेरापी पढाई सञ्चालन गर्दै आएको कालिका मेडिकल कलेजमा विहान ७ वजेदेखि १० वजेसम्म तयारी कक्षा सञ्चालन हुने कलेज प्रशासनले जनाएको छ ।
आधुनिक ल्याव, आफ्नै अस्पताल, प्रयोगात्मक प्रयोगशाला, डाक्टर तथा नर्सहरुबाट अध्यापन गराउने , दक्ष जनशक्ति तथा गुणस्तरीय शिक्षाका कारण कालिका मेडिकल कलेजले चितवन नवलपुर र यस आसपासका क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ ।




उज्यालो खबर




