×

नवलपुर विशेष

कोशी र बागमतीका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना

कोशी र बागमतीका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना
  काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक-दुई स्...

सेप्टिक ट्याङ्कीभित्र बेहोस भएर नवलपरासी पूर्वमा ३ जनाको मृत्यु

सेप्टिक ट्याङ्कीभित्र बेहोस भएर नवलपरासी पूर्वमा ३ जनाको मृत्यु
  नवलपरासी ।बर्दघाट सुस्तापूर्व को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८...

गैँडाकोटमा बजार अनुगमन तिव्र, मापदण्ड विपरित सञ्चालन भएका र्फमहरुलाई कारबाही

गैँडाकोटमा बजार अनुगमन तिव्र, मापदण्ड विपरित सञ्चालन भएका र्फमहरुलाई कारबाही
गैँडाकोट - पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले लगातार ३ दिनसम्म बजार अनुगमन गरेको छ । चाडपर्वहरु नजिकिएसँगै गैंडाकोट नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको हो । नगरपालिकाले नगरका विभिन्न वडाहरुमा ३ दिनसम्म बजार अनुगमन गरेको छ । नगरभित्र सञ्चालनमा रहेका होटल, मासुपसल तथा किराना पसलहरुमा अनुगमन गरिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभयो । सो क्रममा नियमअनुसार सञ्चालन नभएका र्फमहरुलाई ३ हजारदेखि १० हजार रुपैयासम्म जरिवाना गरेको खन...

गण्डकी सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

गण्डकी सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना
  काठमाडौं । आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।वर्षाबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना छ । त्यसैले भारी वर्षाबाट हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न विभागले सबैलाई अनरोध गरेको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर स...

गड्यौला मल प्रविधिबारे गैँडाकोटमा अभिमुखीकरण

गड्यौला मल प्रविधिबारे गैँडाकोटमा अभिमुखीकरण
  नवलपुर - गैँडाकोट नगरपालिका वडा नम्बर ८ मा भर्मि कम्पोष्ट (गड्यौला मल) प्रविधिबारेमा समुदायलाई जानकारी गराइएको छ । गैँडाकोट इङ्ग्लिस स्कुलको आयोजना तथा गैँडाकोट नगरपालिका वडा नम्बर ८ कार्यालय एवम् सोही वडाको कालिका महिला सञ्जालले कार्यक्रमको संयोजन गरेका थिए । ‘विद्यालय र समुदायको संयुक्त आह्वान : दिगो विकास लक्ष्य प्राप्तिमा योगदान’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको अभिमुखीकरणमा सहभागीहरुलाई विद्यालयका प्रिन्सिपल हीरालाल अर्यालले उत्प्रेरणात्मक भनाइ राख्नुभएको...

नारायणगढ–बुटवल सडकखण्डको विजोग, ठेकेदार खोज्न आयोजना प्रमुख चीनमा

नारायणगढ–बुटवल सडकखण्डको विजोग, ठेकेदार खोज्न आयोजना प्रमुख चीनमा
नवलपुर- पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार र स्तरोन्नतिको काम अलपत्र परेको छ । काम मात्र अलपत्र परेको होइन, ठेकेदार नै बेपत्ता भएको छ । त्यसको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नै केही समयअघि दिएका थिए । उनले उक्त खण्ड विस्तारको जिम्मा पाएका चिनियाँ कम्पनीका आधिकारिक व्यक्ति को हुन् भनेर खोज्न आयोजना प्रमुखलाई चीन पठाउनु परेको बताए । आयोजनाको प्रमुख चीनमा गएर सडक विस्तारको काम छिटो सक्न आग्रह गरेर नेपाल फर्किसकेका छन् । यो स...

चितवनमा अण्डाको माग बढ्यो, मूल्य बढाइयो

चितवनमा अण्डाको माग बढ्यो, मूल्य बढाइयो
  चितवन । भदौ लागेपछि चितवनमा अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरूले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरूले आफैँ मूल्य निर्धारण गर्ने गरे...

गीतकार बस्ताकोटीको “सुन्कै थाली” सार्वजनिक

गीतकार बस्ताकोटीको “सुन्कै थाली” सार्वजनिक
गैँडाकोट - युवा उपन्यासकार कवि एवं गीतकार हरि बस्ताकोटीद्वारा रचित गीत “सुन्कै थाली” युट्यूब च्यानलमार्फत औपचारिक सार्वजनिक भएको छ । बस्ताकोटीको मर्मस्पर्शी शब्द तथा चण्डीप्रसाद काफ्लेको मौलिक संगीतमा अहिलेका चर्चीत गायक राज सिग्देलको रहस्यमयी आवाजमा गीतलाई सजाइएको छ । गुरु चण्डीप्रसाद काफ्लेको श्री संगीत पाठशालाले “सुन्कै थाली” भर्खरै सार्वजनिक गरेको हो । “सुनकै थाली” जीवनको फरक लय र संगीतको फरक सुगन्ध बोकेको गीत हो । जीवनको कटुलय, बिधाताको निर्मम खटन, व्यक्ति केन्द्रीत स...

संस्थागत क्षमता मूल्यांकनमा गैँडाकोट नगरपालिका जिल्ला र प्रदेशकै सर्वोत्कृष्ट

संस्थागत क्षमता मूल्यांकनमा गैँडाकोट नगरपालिका जिल्ला र प्रदेशकै सर्वोत्कृष्ट
गैँडाकोट-  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिका ठहरिएको छ । नवलपुरका सबै स्थानीय तहहरुलाई पछि पार्दै गैँडाकोट नगरपालिकाले जिल्लामा आफुलाई पहिलो स्थानमा उभ्याउन सफल भएको हो । गण्डकी प्रदेशका स्थानीय तहहरुमध्ये गैँडाकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिका प्रदेशकै पहिलो स्थानमा पर्न सफल भएका छन् । गैँडाकोट र बेनीले समान ८७ अंक प्राप्त गरेका छन् । गैँडाको...