×

नवलपुर विशेष

गैँडाकोटमा बसको ठक्करबाट ७ बर्षीय बालकको मृत्यु

गैँडाकोटमा बसको ठक्करबाट ७ बर्षीय बालकको मृत्यु
गैँडाकोट - पूर्वी नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं.१० भैसाखोरीमा कावासोती जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसको ठक्करबाट गैँडाकोट ११ घर भएका ७ बर्षका बालक बिशाल श्रेष्ठको ज्यान गएको हो । मृतक बालक पुष्पराज श्रेष्ठका छोरा हुन् । आज राति ८ : ५० वजे वजे मामाघरको हजुरआमा सँगै पैदल हिडिरहेका बालकलाई गाडीले ठक्करदिदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसको ठक्करबाट गम्भिर घाइते भएकी बालककी हजु...

आज हरितालिका तीज, सनातन धर्मावलम्बी महिला व्रत तथा पूजा-आराधना गरी मनाउँदै

आज हरितालिका तीज, सनातन धर्मावलम्बी महिला व्रत तथा पूजा-आराधना गरी मनाउँदै
काठमाडौं- आज भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्।बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ। सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छ...

नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना

नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना
त्रिवेणी -नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो । कावासोतीमा स्थापना गरिएको प्रयोगशालाबाट तरकारी तथा फलफूलमा विषादीको जाँच गरिने केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली विकास अधिकृत राजीवदासराज भण्डारीले बताउनुभयो । कावा...

५८७ प्रहरी इन्सपेक्टरको एकैपटक सरुवा, गैँडाकोटमा कमला नराल आउँदै (सूचीसहित)

५८७ प्रहरी इन्सपेक्टरको एकैपटक सरुवा, गैँडाकोटमा कमला नराल आउँदै (सूचीसहित)
  गैँडाकोट । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा भएको छ ।प्रहरी प्रधान कार्यालयले प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरेको हो । यस्तै, शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । कमला नराललाई इलाका प्रहरी कार्यालय गैँडाकोट र गैँडाकोटका प्रहरी निरीक्षक हस्त बहादुर सुनारलाई चितवनको रामनगरमा पठाइएको छ । वि...

एमालेले टुंग्यायो मन्त्रीको नाम, पद्मा जीसीले नेतृत्व गर्ने

एमालेले टुंग्यायो मन्त्रीको नाम, पद्मा जीसीले नेतृत्व गर्ने
पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जीसी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी भएको छ । केन्द्रीय नेतृत्वले सहमति गरेको २ महिनापछि एमाले जीसीको नेतृत्वमा ४ मन्त्रालयसहित सरकारमा सहभागी भएको हो । एमालेका तर्फबाट पद्मासहित पर्वतका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर अधिकारी मन्त्री बनेका छन् । पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै एमालेकै अधिकारी भौतिक पूर्वाधार तथा यातायात ...

नारायणगढ- बुटवल सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल

नारायणगढ- बुटवल सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल
  चितवन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल नारायणगढ सडकको काम थपिएको समयमा पनि सम्पन्न नभए निर्माण कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएका छन् ।चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले सडक क्रोनिक हुने अवस्थामा पुगेको बताउँदै थपिएको एक वर्षको म्यादभित्र काम सक्न निर्देशन दिए । मन्त्री दााहालले समयमै काम सम्पन्न गर्नका लागि अधिकतम सहजीकरण गर्ने र काम सम्पन्न नभए ठेक्का तोड्न बाध्य हुने बताए ।मन्त्री दाहालले देशकै लाइफलाइन मानिएको सडकमा जनताले ध...

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन
  काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्म...

तीज गीत प्रतियोगितामा गैंडाकोट इङ्लिस स्कुल पहिलो

तीज गीत प्रतियोगितामा गैंडाकोट इङ्लिस स्कुल पहिलो
गैंडाकोट -  रेडियो संकेत ९३ मेगाहर्जले शनिबार आयोजना गरेको ‘बृहत खुल्ला तीज गीत प्रतियोगिता २०८१’ मा गैंडाकोट इङ्लिस स्कूल प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर २ मा रहेको शिलानास टोल महिला समूह दोस्रो भएको छ । सरस्वती बोर्डिङ स्कुल तेस्रो र प्रगति टोल महिला विकास समूहले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ । ४० टीमले सहभागिता जनाएको खुल्ला तीज गीत प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत राखिएको थियो । प्रख्यात भजन गायक एवं योगा प्रशिक्षक हिरालाल कँड...

गण्डकीसहित यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

गण्डकीसहित यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।हाल कोसी र वाग्मती प्रदेशका धेरै स्थान र गण्डकी स्थानका एक–दुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र...