गैँडाकोटको वेष्ट्रन एडभान्स कलेजद्धारा विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण
गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको वेष्ट्रन एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले चितवनको सौरहामा विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजका प्राचार्य एवंम् प्रबन्ध निर्देशक ईन्जिनियर राजन सापकोटाको अध्यक्षता तथा नेपाल ईन्जिनियरिङ काउन्सीलका पूर्व रजिष्ट्रार ई. उमेशप्रसाद थानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल ईन्जिनियरिङ काउन्सीलका बोर्ड सदस्य ई. सागर श्रेष्ठ प्रशिक्षक शिवप्रसाद भूसाल लगायतले बोल्नु भएको थियो ।
...


