गण्डकी प्रदेश महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै, ४० हजारले गरे अवलोकन
गैँडाकोट- नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको महोत्सवको हालसम्म ४० हजार दर्शकले अवलोकन गरेका छन् । कात्तिक २६ गते उद्घाटन गरिएको महोत्सवमा हालसम्म टिकट काटेर ४० हजार दर्शकले अवलोकन गरेका महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।
महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै गएको भन्दै भट्टचनले विशेष गरी अन्डरवाटर फिस टनेल र जनजातिहरुको सांस्कृतिक घर हर्दै मौलिक परिकारको स्वाद लिने दर्शकहरु बढी रहेका बताउनुभयो ...


