गैंडाकोट। परियार सेवा समाज नवलपुरले गरेको खुला रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले रक्तदानका कार्यक्रम पूण्यको काम भएको हुँदा सबैले यस्ता कार्यक्रम गर्न आग्रह गर्नुभयो ।
परिवार सेवा समाज नवलपुरका अध्यक्ष प्रकाश परियारले सामाजिक कार्यमा समाजले अन्य कार्यक्रमका साथ अघि बढ्ने बताउनुभयो । परियारले रक्तदान कार्यक्रममा सहभागि तथा रक्तदातालाई असल कामका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, सेवा समितिका केन्द्रीय सदस्यहरु रुपेशकुमार नेपाली, प्रेमबहादुर परियारले जिल्लाले गरेको कार्यक्रमले अरुलाई थप प्रेरणा दिएको बताएका छन् । कार्यक्रममा समाजका प्रदेश सदस्य विकास परियार, गैँडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटा, वडा सदस्य साकिला परियार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग प्राप्त भएको थियो । कार्यक्रमको सञ्चालन समाजसेवी तेजनारायण पाण्डेले गर्नुभएको थियो ।



उज्यालो खबर




