×

गैँडाकोट– पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा सहायकस्तरका कर्मचारीहरुका लागि सञ्चालन भएको ३० कार्यदिने सेवाकालीन तालिम सकिएको छ । असोज २९ गतेदेखि सुरु भएको सेवाकालिन तालिम आइतबार समापन भएको हो ।

गैँडाकोट नगरपालिकाको आयोजना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा सञ्चालन भएको तालिममा गैँडाकोट नगरपालिकाका २९ जना, जिल्ला मालपोत कार्यालय चितवनका २ जना, कावासोती नगरपालिकाका २ जना र देवचुली नगरपालिकाका २ जना र बुलिङटार गाउपालिका र मध्यविन्दु नगरपालिकाका १/ १ जना सहायक स्तरका कर्मचारीहरुले सहभागिता जनाएको गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले जानकारी दिनुभयो ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानूनलाल चौधरीको प्रमुख आतिथ्यता तथा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको अध्यक्षतामा भएकोे तालिमको समापन समारोहमा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका अधिकृतद्धय उदयनाथ खनाल, टापेन्द्र प्रसाद रिजाल लगायतले बोल्नु भएको थियो । सो अवसरमा सहभागिको तर्फबाट इश्वरी प्रसाद आचार्य र मनिषा खड्काले तालिमका क्रममा भएका अनुभवहरु सुनाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया