खैरहनी नगरपालिकाले घटायो १ करोड १० लाख प्रशासनिक खर्च
चितवन– पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधन सहित पारित गरेको छ । शुक्रबार सम्पन्न सोह्रौं नगरसभाले चालु खर्चतर्फ एक करोड दश लाख रुपैयाँ बजेट घटाएको हो।
नगरप्रमुख शशीकुमार खनियाले चालु खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनामा विनियोजन गरिएको र विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै नगरवासीको जनआकांक्षा सम्बोधन गर्न प्रशासनिक खर्च कटौती ग...


