बालविकास ईङ्लिस स्कुलका प्राचार्य रावत प्याब्सनको केन्द्रीय सदस्यमा निर्वाचित
गैँडाकोट- नवलपुरको गैँडाकोटमा रहको बालविकास ईङ्लिस स्कुलका प्राचार्य दिपक रावत निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
राजधनीमा सम्पन्न प्याव्सनको १६ औँ राष्ट्रिय महाधिवेशनबाट रावत केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।प्याब्सन नवलपुरका निर्वतमान अध्यक्ष समेत रहनुभएका रावत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको विद्यालयले जनाएको छ ।


