×

नवलपुर विशेष

गैँडा मारेकाे आराेपमा गैँडाकाेटबाट एकजना पक्राउ

गैँडा मारेकाे आराेपमा गैँडाकाेटबाट एकजना पक्राउ
चितवन। चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण इकाइले सोमे गुरुङलाई पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उनलाई गैंडाकोट नगरपालिकाको ढोडेनीबाट पक्राउ गरिएको छ । योसँगै चालु आर्थिक वर्षमा यो सहित चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

मध्यविन्दु नगरपालिकाकाे  नगर शिक्षा ऐनकाे  २०७८ को विरोधमा ज्ञापन पत्र

मध्यविन्दु नगरपालिकाकाे  नगर शिक्षा ऐनकाे  २०७८ को विरोधमा ज्ञापन पत्र
सविना लामिछाने नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका भित्रका पेशागत शिक्षक संगठनहरुले आज मध्यविन्दु नगरपालिकाको शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका छन् । नगर शिक्षा समितिबाट पारित नगर शिक्षा ऐन २०७८ माथि असन्तुष्टि जनाउदै उनीहरुले आज ज्ञापन पत्र बुझाएका हुन् ।  ज्ञापन पत्रमा नगर शिक्षा ऐन २०७८ का मुख्यत: ४ बुँदामा असहमति रहेको भन्दै सुझाव समेत पेश गरिएको छ। संगठनका तर्फबाट सुझाव संकलन माग गरिएका कारण सुझाव पेश गरिए तापनि कुनै पनि सुझावको मनन नगरिएको भन्दै नेपाल ...

गैँडाकोटमा जेष्ठ २८ र ३० गते भेरोसिल खोप लगाईने (सूचि सहित)

गैँडाकोटमा जेष्ठ २८ र ३० गते भेरोसिल खोप लगाईने (सूचि सहित)
सुस्मा न्यौपाने गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिकामा यहि जेष्ठ २८ र ३० गते कोरोना भाईरस (कोभिड १९) विरुद्धको भेरोसिल खोप लगाईने भएको छ । गैँडाकोट नगरपालिकाले ६२, ६३ र ६४ वर्ष उमेर पुगेकाहरुलाई मात्रै खोप दिइने बताएको छ । प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद  सूवेदी   द्धारा आज जारी सूचनामा गैँडाकोट नगर अस्पताल, अमरापुरी स्वास्थ्य चौकी, गैँडाकोट स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र ढोडेनीबाट खोप लगाईने उल्लेख छ । नेपाल सरकारले उपलव्ध गराएको परिचय खुुल्ने काग...

देवघाटमा मेसिनरी औजार प्रयोग गरी उत्खनन् नगर्न समन्वय समितिको निर्देशन

देवघाटमा मेसिनरी औजार प्रयोग गरी उत्खनन् नगर्न समन्वय समितिको निर्देशन
देवघाट । जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो । गाउँपालिकाले ढुङ्गा, गिटी, बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धमा लगाएको ठेक्का व्यवस्थामा ठूलो सङ्ख्यामा एक्साभेटर मेसिनरी औजारको प्रयोग भई ग...

चितवनकाे राप्ती नदीमा गाेहीकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु

चितवनकाे राप्ती नदीमा गाेहीकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु
चितवन । चितवनमा मगर गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । आज चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारा भरतपुर महानगरपालिका २४ ध्रुबघाट क्षेत्रमा मगर गोहीको आक्रमणका कारण अन्दाजी ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको हो । निकुञ्जको सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार बोटे भरतपुर २५ स्थित बस्कट्टाका बासिन्दा हुन । बोटे गैरकानुनी रुपमा रातको समयमा निकुञ्जमा माछा मार्न जाँदा गोहिले आक्रमण गरेको अनुमान गरिएको छ । हालसम्म निन्कुञ्जमा र यसको मध्यवर्ती क्षेत्र...

राष्ट्रिय युवासंघ नेपालद्धारा गैँडाकोटमा खाद्यान्न सहयोग

राष्ट्रिय युवासंघ नेपालद्धारा गैँडाकोटमा खाद्यान्न सहयोग
सुस्मा न्यौपाने नवलपुर । राष्ट्रिय युवासंघ नेपाल पूर्वि नवलपरासीले जिल्लाको गैँडाकोटमा खाद्यान्न सहयोग गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको अपागं नवजिवन संस्थालाई खाद्यान्न सहयोग गरेको हो । आर्थिक रुपमा कमजोर रहेको अपागं नवजिवन संस्थालाई १२० किलो चामल, पाँच किलो दाल, खाने तेल र नुन सहयोग गरिएको संघका जिल्ला संयोजक कृष्ण कंडेलले जानकारी दिनुभयो । राष्ट्रिय युवा संघ नेपाल नवलपुर जिल्ला कमिटीद्वारा संचालित “ हाम्रो समाज , हाम्रै कर्तव्य “ कार्यक्रम अन्तर्गत खाद्यान...

कोभिडका कारण मृत्यु भए राहात स्वरुप २५ हजार उपलव्ध गराउने गैँडाकोट वडा नं. ५ काे निर्णय

कोभिडका कारण मृत्यु भए राहात स्वरुप २५ हजार उपलव्ध गराउने  गैँडाकोट वडा नं. ५  काे निर्णय
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं. ५ ले कोरोना भाईरस (कोभिड १९) का कारण मृत्यु भएकाहरुका परिवारका लागि आर्थिक सहायता उपलव्ध गराउने भएको छ ।वडा कमिटिको आज बसेको बैठकले  वडा भित्र कोभिडका कारण ज्यान गुमाउनेका आश्रित परिवारका लागि रु. २५ हजार आर्थिक सहायता उपलव्ध गराउने निर्णय गरेको हो । वडा अध्यक्ष नवराज कंडेलले वडा कमिटिको आज बसेको बैठकले सर्वसम्मत रुपमा राहात स्वरुप २५ हजार रुपैँया उपलव्ध गराउने निर्णय भएको उज्यालो खबरलाई बताउनु भयो ।उहाँका अनुसार मृतक...

गैँडाकोटमा मकै खेती प्रवर्द्धन गर्न गैँडाकाेट नगरपालिकाले ३६ लाख उपलब्ध गराउने

गैँडाकोटमा मकै खेती प्रवर्द्धन गर्न गैँडाकाेट नगरपालिकाले ३६ लाख उपलब्ध गराउने
नवलपुर ।  गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले करिब रु ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो समय जिल्लाको यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ । मकै प्रवद्र्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत सङ्घीय मकै प्रवद्र्धन कार्यक्रम अनुसार मकै खेती ग...

युवा संघ गैंडाकोटद्धारा नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

युवा संघ गैंडाकोटद्धारा नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
नवलपुर । युवा संघ नेपाल गैंडाकोटले गैंडाकोट नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । राष्ट्रिय युवा संघ नेपाल गैंडाकोटले नगर अस्पतालाई अक्सिमिटर ५० थान, माक्स ४००० पिस , पिपिइ र फेस शिल्ड गरि दुई लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री सहयोग गरेको हो ।स्वास्थ्य सामग्री गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगर अस्पताल प्रमुख इन्द्रराज शर्मालाई हस्तान्तरण गर्नुभएको हो । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले युवा संघले मानविय काम गरेको र आगामी दिनमा पनि...