एमाले गैँडाकोटको अधिवेशन सुरु, पाँच पदाधिकारीका लागि २७ जनाको उमेदवारी
सुस्मा न्यौपाने
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटीको प्रथम अधिवेशन आजदेखि सुरु भएको छ । नगरको बेल्डीहा स्थित होटल कालाबन्जरमा सुरु भएको एकताको प्रथम अधिवेशनले ७५ सदस्यीय नगर कमिटी चयन गर्ने नेकपा एमाले गैँडाकोटका ईन्चार्ज यमुनाथ आचार्यले जानकारी दिनुभयो ।
नयाँ नेतृत्व चयन सर्वसम्मतीका आधारमा गर्ने नेताहरुले बताएपनि पदाधिकारीका आकांक्षीहरु धेरै भएकोले सहमतिमा ल्याउन नेताहरुले राम्रै कसरत गर्नुपर्ने देखिएको छ ।पाँच सदस्यीय पदाधिकारीहरुका लागि २७ जनाले उमेदवारी दर्ता गर...


