गैँडाकोट । नगरका १८ वटा वडाहरुमध्ये चारवटा वडाहरुमा नयाँ नेतृत्व चयनमा विवाद उत्पन्न भएपछि नेकपा एमाले गैँडाकोट नगर कमिटिको अधिवेशन २ दिन पर धकेलिएको छ ।पार्टिको केन्द्रीय निर्णय अनुसार कार्तिक ९ गतेका लागि तय गरिएको अधिवेशन यहाँ कार्तिक ११ गतेका लागि सारिएको हो ।
कार्तिक ११ गते गैँडाकोट नगरपालिका वडा नं. १३ मा रहेको कालाबञ्जरा रिर्सोटमा नगर अधिवेशन तय भएको नेकपा एमाले नवलपुरका सचिवालय सदस्य एवंम् गैँडाकोट नगर ईन्चार्ज यमुनाथ आचार्यले उज्यालो खबरलाई बताए ।नगरका १८ वठा वडाहरुबाट झण्डै २५० जना प्रतिनिधिहरु नगर अधिवेशनका लागि छनौट हुने नेकपा एमाललेले जनाएको छ । प्रतिनधि छनौटका लागि हरेक वडामा मंगलबार दिउसो एमालेले भेलाको आयोजना गरेको छ ।
गैँडाकोट नगरपालिका वडा नं. २, ८, १० र १८ मा वडामा कसले नेतृत्व गर्ने भन्नेमा विवाद उत्पन्न भएको छ । वडा नं. २ मा युवासंघको राजनितिबाट खारिएर आएका युवा नेता देशवन्धु सिग्देल र अर्का युवा राजुु भूसाल विच अध्यक्ष को बन्ने भन्नेमा हानथाप छ । दुवैले पार्टिकाे हितका लागि आफ्नै नेतृत्वमा जानुपर्ने अडान रखेका छन् । अध्यक्षका प्रत्यासी सिग्देललाई युवासंघले बोकेको छ । सिग्देल पार्टिमा झण्डै १२ वर्षदेखि सकृय छन् ।
त्यसैगरी वडा नं. ८ मा नेता श्रीहरी चालिसे र नविन सापकोटाले अध्यक्षमा अडान राखेका छन् । वडा नं. १० मा अध्यक्षमा चारजनाले अडान राखेका छन् । यदुप्रसाद न्यूरे, मेघराज सुवेदी, प्रेम प्रसाद कंडेल र उमानाथ लामिछानेले अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका हुन् । नगरको वडा नं. १८ मा पनि यो समाचार तयार पार्दा सम्म कुरा मिल्न सकेको छैन ।