×

सुस्मा न्याैपाने 

गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरकमिटि वडा नं. ८ को अध्यक्षमा श्रीहरी चालिसे चयन हुनुभएको छ । अध्यक्ष पदका आकांक्षीहरुविच सहमति हुन नसेकेपछि वडा नं. ८ मा नयाँ नेतृत्व चयन गर्न ढिलाई भएको थियो ।आज बसेको एमाले नेतृत्व सहितको छलफलबाट चालिसे सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको वडा नं. ८ का ईन्चार्ज छत्रराज पौडेलले जानकारी दिनुभयो ।

वडा कमिटिको उपाध्यक्षमा हरिमाया अधिकारी, सचिवमा गोविन्द प्रसाद आचार्य, उपसचिवमा शिव पौडेल र गोपाल पराजुली रहनुुभएको छ । गैँडाकोट नगरकमिटिका १८ वडाहरुमध्ये वडा नं. २ र १८ मा नयाँ नेतृत्व चयन हुन बाँकी छ। एमाले गैँडाकोटका ईन्चार्ज यमुनाथ आचार्यले वडा नं. १८ मा भोलि नयाँ नेतृत्वको टुगों लाग्ने बताउनुभयाे।

नेतृत्वका सम्वन्धमा विवाद कायम रहेको वडा नं. २ मा भने नगर अधिवेशन पछि मात्रै नेतृत्व टुंगो लाग्ने एमाले स्रोतले जनाएको छ ।युवा नेताहरु देशवन्धु सिग्देल र राजु भूसाल विच अध्यक्ष को भन्ने भन्नेमा तिव्र मतभेद छ ।

तपाईको प्रतिक्रिया